एजेन्सी – अफगानिस्तानमा शुक्रबार भएका घटनामा परी कम्तीमा १०९ तालिवान लडाकुहरू मारिएका छन् ।
देशको दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी अरु २५ जना घाइते समेत भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।
मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो । सो घटनामा अरु आठ जना घाइते भएका थिए ।
शुक्रबार बिहान लडाकुहरूले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ ।
त्यसैगरी हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकूको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन् ।
अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ । लगातारका ठूला ठूला हिंसात्मक घटनाहरूका कारण अहिलेसम्म हजारौँको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । त्यसैगरी लाखौँ अफगानीहरू विस्थापित भएका छन् ।
लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहेपनि अन्त्य हुन भने सकेको छैन ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...