‘भोकमरी पहिल्यैदेखि युद्धको एउटा हतियार जस्तो हुँदै आएको छ । यसले आम मानिसलाई खाना, पानी र मानविय सेवाबाट बञ्चित पार्दै आएको छ । जब बजार बमले उडाइन्छ, बालीनाली र चौपाया नष्ट पारिन्छ, आम मानिसहरु खानेकुराबाट बञ्चित हुन्छन्’

भोकमरीको विपद् अघिल्लो वर्षको तुलनामा ६ गुणाले बढेको अक्सफामले खुलाएको छ । शुक्रबार प्रकाशित भएको ‘द हङ्गर भाइरस मल्टिप्लाइज’ शीर्षकको रिपोर्टमा भनिएको छ कि भोकमरीले मृत्युदरमा कोभिड–१९ लाई निक्कै पछि पारेको छ । कोभिडका कारण मारिनेको दर प्रतिमिनेट सात मात्रै छ । तर, भोकमरीबाट मारिनेको संख्या प्रतिमिनेट ११ पुगेको छ ।

‘तथ्याङ्क उकालो चढिरहेको छ । मानिसहरू अकल्पनीय दुःख झेलिरहेका छन् ।’ अक्सफाम अमेरिकाका अध्यक्ष एबी म्याक्सम्यानले भनेका छन् । 

विश्वमा झण्डै १५५ मिलियन मानिसहरूले अहिले खाद्यान्न संकट ब्यहोरिरहेका छन् । अक्सफामको नयाँ तथ्याङ्कका अनुसार अघिल्लो वर्षको तुलनामा यो संख्या २० मिलियनले बढेको हो । यी मध्ये अधिकांश पीडितहरू अनिकाल ग्रस्त क्षेत्रका छन् । त्यसैगरी, तीन भागको दुई भाग भोकमरीको कारण भनेको त्यस ठाउँको सशस्त्र द्वन्द्व भएको रिपोर्टमा उल्लेख छ ।

इयोपिया, माडागास्कार, दक्षिणी सुडान तथा यमनमा खाद्यान्न संकट अघिल्लो वर्षको तुलनामा ५०० प्रतिशत सम्मले बढेको छ । यमन, डेमोक्रेटिक रिपब्लिक अफ कंगो, अफगानिस्तान तथा भेनेजुएलामा पहिल्यै खाद्यान्न संकट थियो । महामारी र आर्थिक संकटका कारण त्यहाँको खाद्यान्न संकट झन् बढेर गएको हो । 

अक्सफामका अनुसार, अहिले कोभिड–१९, जलवायु संकट र सशस्त्र द्वन्द्व भोकमरी निम्त्याउने तीन प्रमुख कारण भएका छन् । यस अघि युद्धमात्रै भोकमरीको एउटा सबैभन्दा ठूलो कारण थियो । २३ द्वन्दग्रस्त मुलुकका मात्रै एक सय मिलियन मानिस भोकमरी र खाद्यान्न संकटको चपेटामा पर्ने गरेका थिए । 

‘अहिले महामारीसँग मिलेर लड्नको साटो द्वन्द्वरत कित्ताहरूलाई अझै एक–आपसमा लड्दै ठिक्क छ । पहिल्यैदेखि जलवायु र आर्थिक संकटको चपेटामा पिल्सिरहेका दशौं लाखलाई यसले झन् प्रताडित पारेको छ’ अक्सफामको रिपोर्टमा भनिएको छ ।

‘भोकमरी पहिल्यैदेखि युद्धको एउटा हतियार जस्तो हुँदै आएको छ । यसले आम मानिसलाई खाना, पानी र मानवीय सेवाबाट बञ्चित पार्दै आएको छ । जब बजार बमले उडाइन्छ, बालीनाली र चौपाया नष्ट पारिन्छ, आम मानिसहरु खानेकुराबाट बञ्चित हुन्छन्’ रिपोर्टमा उल्लेख छ ।

ग्लोवल वार्मिङ र महामारीकै कारण अहिले खाद्यान्नको मूल्य विश्व बजारमै ४० प्रतिशतले बढेको छ । यो अनुपात १० वर्षको कुल वृद्धि भन्दा अधिक हो । यसकै कारण अरू थप १० मिलियन मानिस भोकमरीतिर धकेलिने छन् । 

यो महामारीबीच सैन्य खर्च ५१ बिलियन अमेरिकी डलरले बढेको छ । यो भनेको राष्ट्रसंघलाई भोकमरी विरुद्ध चाहिने खर्चको ६ गुणा हो । अक्सफामले सम्बन्धित मुलुकलाई सैन्य खर्च कटाएर संयुक्त राष्ट्रसंघको भोकमरी विरुद्धको लडाईँलाई सघाउन पनि अपिल गरेको छ । 

त्यसैगरि, ग्लोवल वार्मिङ र महामारीकै कारण अहिले खाद्यान्नको मूल्य विश्व बजारमै ४० प्रतिशतले बढेको छ । यो अनुपात १० वर्षको कुल वृद्धि भन्दा अधिक हो । यसकै कारण अरू थप १० मिलियन मानिस भोकमरीतिर धकेलिने छन् । 

अक्सफामको यो रिपोर्ट संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संघठनको विश्व खाद्य सुरक्षा रिपोर्ट आउनु भन्दा पूर्व सन्ध्यामा आएको हो ।  राष्ट्रसंघको रिपोर्ट सोमबार प्रकाशित हुँदैछ । 

एजेन्सीको सहयोगमा 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार