एजेन्सी - कस्मिरमा भएका पछिल्ला शृखलाबद्ध झडपका घटनामा आठ विद्रोही सहित दुई सुरक्षकर्मी मारिएका छन् । लोकप्रिय विद्रोही नेता बुरहन वानी मारिएको पाचौँ वार्षिक स्मृतिमा कस्मिरका विभिन्न ठाउँमा बिहीबार बन्दको घोषणा गरिएको थियो । यसकै प्रसंगमा त्यहाँ झडप बढेको जनाइएको छ । त्यसो त मारिने क्रम भने बुधबारबाटै शुरू भएको थियो ।
बिहिबार दुई सैनिक र दुई विद्रोही मारिएको भारतीय सेनाले बताएको थियो । यो हप्ता कस्मिरमा झडप बडेर गएको छ । कस्मिर दुई आणविक हतियारधारी मुलुक भारत र पाकिस्तानबीच विभाजित छ । पाकिस्तान प्रशासित कस्मिरबाट भारत प्रशासित कस्मिरतिर प्रवेश गर्न लागेका हतियारधारीलाई रोक्न खोज्दा दुई जना विद्रोही हताहत भएको भारतीय सेनाको दावी छ ।
सेनाका अनुसार, अरू चार विद्रोही भने दक्षिणी कस्मिरमा भएका दुई छुट्टाछुट्टै भएका गोली हानाहानका घटनामा मारिएका थिए । तिनको साथबाट दुई राइफल र दुई पेस्तोल पनि बरामद गरेको सेनाले बताएको छ ।
त्यसैगरी, बुधबारनै हन्दवारा क्षेत्रमा उच्च तहका विद्रोही मेहराज उद्धिन हलवाई मारिएका छन् । गस्तीसँगको जम्काभेटपछि उनीलाई नियन्त्रणमा लिइएको थियो । चेकजाँच र हतियार खानतलासीको लागि प्रहरीले हलवाईलाई तिनको भूमिगत अखडामा पुर्याएको थियो । अखडामा पुगेपछि हलवाईले प्रहरीलाई आक्रमण गर्न एके ४७ उठाएको बेला प्रतिकारमा मारिएको प्रहरी वक्तव्यमा उल्लेख गरिएको छ । धेरै प्रहरी र सरकारी अधिकारी मारेको आरोपमा प्रहरीले उनलाई खोजिरहेको थियो ।
जुन २९मा पनि हिरासतबाट निकालेर अर्का संन्धिग्न विद्रोही कमान्डरलाई यसै गरि मारिएको थियो । प्रहरीले तिनलाई उनी लुग्ने गरेको भनिएको श्रीनगरको एक घरमा लगेको थियो । त्यहाँ प्रहरीमाथिनै आक्रमण गर्न खोजेपछि उनलाई इनकाउन्टरमा मारिएको प्रहरीको दावी थियो ।
विगतमा पनि कस्मिरमा धेरै विद्रोही नेताहरूलाई हतियार खोजतलासीका नाममा हिरासतबाट निकालिने मारिने गरिएको थियो । यसलाई अधिकारकर्मीले गैरन्यायिक हत्या भन्ने गरेका छन् ।
पछिल्लो तीन हप्तामा कम्तीमा २४ विद्रोहीहरू मारिएका छन् । सरकारी अधिकारीले यो वर्ष मात्रै मुस्लिम बाहुल्यता रहेको क्षेत्रमा ७१ जना हतियारधारीहरू मारिएको जनाएको छन् । मुस्लिम वाहरल्यताका क्षेत्रमा मात्रै भारतले पाँच लाख सुरक्षाकर्मी परिचालन गरेको छ ।
गत बिहीबार लोकप्रिय विद्रोही नेता बुरहन वानी मारिएको पाचौँ वार्षिक स्मृति दिवस थियो । उनकै सम्झनामा भारत विरोधी गतिविधि हुने ठूलो क्षेत्रमा बन्दको आयोजना गरिएको थियो । सरकारी फौजले भारत विरोधि कुनैपनि गतिवसधि नहोस् भनेर वानीको गृहनगर सिल नै गरेको थियो ।
२०१६, जुलाई, ८मा वानी अरू दुई सहकर्मीसँगै मारिएका थिए । उनको मृत्युले त्यतिबेला लामो समयसम्म कस्मिरमा हिंसा भड्किएको थियो । पृथकतावादी नेताहरूले बन्द, हडताल तथा चक्काजाम गरेका थिए । महिनौँसम्म आन्दोलन चलेको थियो । कम्तिमा १०० जना मारिएका थिए । मारिनेमा प्राय युवाहरू थिए । हजाराैँ घाइते भएका थिए । भारतीय सेनाले जथाभावी चलाएको सटगनको प्यालेटका कारण कैयौँले आँखाको दृष्टि गुमाएका थिए ।
तर, वानीको मृत्युले कस्मिर आन्दोलनलाई अर्को उचाइ दिएको थियो । त्यतिबेला मात्रै एक सयको संख्यामा सशस्त्र विद्रोहीहरू थिए । सरकारी अधिकारीहरूले नै भनेका छन्, 'वानीको हत्यापछि सयौँको संख्यामा युवाहरु सशस्त्र विद्रोही समुहमा छिरेका छन् ।'
सन् १९८९ देखि नै स्वतन्त्रताको लागि कस्मिरी विद्रोहीहरुले हतियार उठाइरहेका छन् । पाकिस्तान र भारत दुवै प्रशासित कस्मिरका अधिकांश मुस्लिमहरु स्वतन्त्र कस्मिर चाहन्छन् ।
भारतले कस्मिरको विद्रोहलाई ‘पाकिस्तान प्रायोजित’ भन्ने आरोप लगाइरहेको छ । तर, पाकिस्तानले यो कुरा नकार्दै आएको छ भने कस्मिरीहरू यसलाई स्वस्फूर्त आन्दोलनका रूपमा लिइरहेका छन् । हालसम्म यो संघर्षमा हजाराैँको संख्यामा सर्वसाधारण, विद्रोही र सरकारी सुरक्षा फौज र अधिकारीहरू मारिइसकेका छन् । अल जजिराबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...