एजेन्सी – दुनियाँमा यस्ता मान्छे पनि छन्, जसले अरूभन्दा भिन्न देखिनकै लागि अनेक किसिमका हर्कतहरू गरिरहन्छन् ।
ब्राजिलमा बस्ने ४४ वर्षीय मिशेल फरो दो प्राडो नाम गरेका एक व्यक्तिले अलग देखिनका लागि भन्दै यस्तै हर्कत गरेका छन् । शैतान बन्नका लागि भन्दै रूपरंगमा बदलाव ल्याएका प्राडो अहिले डरलाग्दो र अजीव देखिएका छन् । शैतान बन्न भन्दै २५ वर्षदेखि कोसिस गरिरहेका उनी आम मानिस भन्दा निकै भिन्न देखिएका हुन् ।
मिशेलले शैतानजस्तो देखिन अनेकौँ सर्जरी गराएका छन् । उनले त्यसका लागि आफ्नो औला र नाक कटाएका छन् । हाल उनलाई देखेर मानिसहरू डराउन थालेका छन् ।
समाचार संस्था मिररका अनुसार शैतानजस्तो देखिनका लागि उनले औला र नाक काट्नुका अलावा टाउकोमा सिंग समेत उमारेका छन् भने हात्तीजस्तो देखिने दात समेत लगाएका छन् ।
यो अजीव कामका लागि मिशेललाई उनकी श्रीमतीले समेत पूर्ण सहयोग गर्ने गरेकी छन् । उनकी श्रीमती भन्छिन्, ‘म जुनसुकै अवस्थामा पनि मेरो श्रीमानलाई प्रेम गरिरहने छु ।’
जन्मजात रूपमा साधारण रहेका प्राडाेकाे रूप अब पूर्ण रूपमा बदलिएकाे छ । उनलाई देख्नेहरूले उनलाई शैतानका नामले चिन्ने गर्दछन् । यस कामका लागि उनले अहिलेसम्म लाखौँ पैसा समेत खर्च गरेका छन् ।
मिररको रिपोर्टअनुसार, मिशेल फरो दो प्राडोले भनेका छन्, ‘वास्तवमा मैले दुःखको राम्रो प्रतिरोध भेटेको छु । मलाई लाग्दैन कुनैपनि कुरा यति दुखदायी हुन्छ । मलाई चाहिएको कुरा पाउन म जुनसुकै किसिमको दुःख भोग्न तयार छु ।'
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...