काठमाडौँ – पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारी र पाकिस्तानी समितिकी विदेश विभाग प्रमुख शेरी रेहमानबीच इस्लामावादमा भेटवार्ता भएको छ । 

भेटवार्ताको दौरान नेपाल–पाकिस्तान सम्बन्ध, सार्क तथा क्षेत्रीय सहयोगको विषयमा कुराकानी भएको नेपाली राजदूत अधिकारीले जनाएका छन् । भेटवार्तामा दुवै पक्षले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझै मजबुद बनाउने प्रतिबद्धता जनाएका थिए । भेटमा संसदीय भ्रमण, व्यापार, पर्यटन, लगानी, संस्कृति र जनताहरुबीच भ्रमण गराउनुपर्नेमा दुवै पक्षले जोड दिएका थिए । 



भेटमा रेहमानले आफूले नेपाल भ्रमणका बेला गरेको अनुभव पनि सुनाएका थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार