स्वीरमा देखाइएको अफ्रिकन सिंह सिंहिनी ‘सेपो’को छोरो हो । सेपोको छोरोले अहिले प्रशिद्ध ऐतिहासिक लिउवा सत्ता (प्राइड) धानिरहेको छ । ऊ यहाँको मुख्य सिंह हो । 

यो सिंहहरूको सत्ता जाम्बियाको लिउवा प्लेन राष्ट्रिय निकुञ्जभित्र पर्छ । दुई दशक अघि लिउवामा वन्यजन्तुको संख्या एकदमै गिर्दो थियो । अझ शिकारी अर्थात् मांसाहारीको संख्या त नगन्य भइसकेको थियो । 

सिंहहरूको अस्तित्व लगभग नामेट नै भइसकेको थियो । कतिसम्म भने २००३ मा आइपुग्दा उक्त निकुञ्जमा एक मात्रै सिंहिनी बचेकी थिइन् । उक्त सिंहिनीलाई ‘लेडी लिउवा’को नामले चिनिन्छ । पुरानो लिउवा सत्ताको एक मात्रै वंश अब ‘लेडी लिउवा’ नै थिइन् । 

वर्षौंसम्म लेडी लिउवा फगत एक्लैले लिउवाको आफ्नो इलाकामा गर्जदै गस्ती गरिरहिन् । यो दृश्य कारुणिक नै थियो किनकी बाघ जस्तो सिंह एक्लै बस्दैन । ठूलो परिवार र सत्ता नै चलाएर बस्छन् ।


‘लेडी लिउवा’


अन्ततः २००८ मा ‘सेपो’ नाम गरेकी सिंहिनी र अर्को सिंह त्यहाँ लगियो । बिस्तारै ‘लेडी लिउवा’ नयाँ सदश्यहरूसँग घुलमिल भइन् । सिंहिनी सेपोसँग एकदमै आत्मीय पनि भइन् । यी दुई सिंहिनीहरुले मिलेर त्यो इलाका र वंश मात्रै धानेनन्, प्रयाप्त सन्तानहरू दिँदै नयाँ सत्तापनि निर्माण गरे । 

२०१७ मा १८ वर्षको वृद्ध उमेरमा ‘लेडी लिउवा’ बितेर गइन् । तर, उनी त्यत्तिकै गइनन्, एउटा सानो र सुन्दर सत्ता निर्माण गरेर गइन् । तस्वीरका हुर्किसकेको सुन्दर सिंहहरू त्यसकै उपज हुन् । अहिले उक्त सत्तामा ११ जना सदस्य भइसकेका छन् ।



 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार