इबिस ब्राजिलको त्यस्तो फुटबल टिम हो जसले लगातार तीन वर्ष ११ महिना एउटै पनि खेल जित्न नसकेर गिनिज बुक अफ रेकर्ड राखेको छ । इबिसमा मेसीले १० नम्बर जर्सी पनि लगाउन पाउने छैनन्, किनकी त्यो जर्सी त्यहाँका खेलाडी माउरो साम्पोको नाममा छ ।
एजेन्सी - दशकपछि लिओनल मेसी क्लबसँगको सम्झौता विहिन भएका छन् । बार्सिलोना सँगको उनको सम्झौता यसै हप्ता सकिएको छ र अब उनी एजेन्ट विहिन पनि छन् । यद्दपि, उनको उत्कृष्ट प्रदर्शनमा अहिले अर्जेन्टिना इक्वेडरलाई पराजित गर्दै कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । यो प्रतियोगिताका अहिलेसम्मका पाँच खेलमा मेसीले चार गोल, चार एसिस्ट गरेसँगै चार खेलमा म्यान अफ द म्याच बनिसकेका छन् ।
तर आश्चर्यजनकसँग मेसीलाई अहिले संसारकै सबैभन्दा ‘झुर’ फुटबल क्लबले क्लबमा अनुबन्धित हुन प्रश्ताव गरेको छ । प्रश्ताव राख्नु ठूलो कुरा होइन, तर ब्राजिलको यो इबिस फुटबल क्लवले मेसी सामु यस्ता हास्यास्पद सर्त तेर्साएको छ कि यो प्रश्ताव स्विकार्न मेसीलाई सहज भने छैन ।
पहिलो सर्त त यो छ कि सम्झौता १५ वर्षसम्मको लागि हुनुपर्नेछ । सँगसँगै मेसीले म्यारोडोना भन्दा पेले महान खेलाडी हुन् भनेर स्विकार्नु पनि पर्नेछ । यतिमात्रै कहाँ हो र कथमकदाचित मेसीले क्लबको लागि कुनै उपाधि उचालिहालेमा क्लवसँगको सम्बन्धन त्यतिबेलै टुट्ने छ ।
इबिस ब्राजिलको त्यस्तो फुटबल टिम हो जसले लगातार तीन वर्ष ११ महिना एउटै पनि खेल जित्न नसकेर गिनिज बुक अफ रेकर्ड राखेको छ । इबिसले मेसी सामु अर्को पनि सर्त तेर्साएको छ । त्यो के भने इबिसमा मेसीले १० नम्बर जर्सी पनि लगाउन पाउने छैनन्, किनकी त्यो जर्सी त्यहाँका खेलाडी माउरो साम्पोको नाममा छ ।
(मार्काले लेखेको छ )
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...