आर्वा महदवी
महिलाहरुको लागि खुशीको खबर छ । हामीलाई आधिकारिक रुपमै प्रजनन उत्पादनशिलताको दुई वर्ष थपिएको छ । जर्नल अफ अमेरिकन मेडिकल एसोसिउसनमा छापिएको नयाँ अध्ययन अनुसार, अमेरिकी महिलाको सरदर गर्भधारणको उच्च उमेर ३५ बाट बढेर ३७.१ पुगेको छ । यो ६० वर्ष अवधि यताको महिलाको प्रजनन स्वास्थ्यको अध्ययन गरेर निकालिएको हो । जसअनुसार, सरदर अन्तिम रजस्वलाको उमेर बढेको छ भने पहिलो रजस्वलाको घटेको छ । यो अध्ययनको अर्थ ३५ वर्ष कटेपछि मात्रै बच्चा जन्माउनु भन्ने होइन । तर मलाई लाग्छ यसले हामीलाई ३५ वर्षलाई बच्चा जन्माउने उमेरहदको रुपमा लिएर त्रसित हुनबाट भने राहत मिलेको छ । तपाईं यो बुडीकन्याको रुपमा अर्थ्याइने ३५ वर्षे उमेरलाई सम्झनुस् । सबैले यो उमेरमा गर्भधारण गर्दा आमा र बच्चा दुवैलाई गाह्रो हुने सुझाउँछन् । तपाईंको गर्भधारणलाई तुरुन्तै उच्च जोखिम समुहमा करार गरिन्छ र अतिरिक्त निगरानीमा राखिन्छ । ३५ वर्षपछि गर्भाधारण गर्न खोज्नु भनेको आलोचना र चिन्ताको शिकार बन्नुभएको छ ।
हो, उमेर बढ्दै जाँदा शारिरिक क्षमतामा ह्रास आउछ । तर, प्रजनन क्षमताको यो ३५ वर्षे डेडलाइन भने आफैँमा परम्परागत तथा अवैज्ञानिक साबित भइसकेको छ । उदाहरणको लागि एक तथ्याङ्कका अनुसार, ३५ देखि ३९ उमेर समुहका प्रत्येक तीनमध्ये एक महिलाले अनवरत प्रयासका बावजुतपनि गर्भधारण गर्न सक्दैनन् । तपाईंलाई थाहा छ यो कहिलेको तथ्याङ्क हो । यो सन् १७०० को फ्रान्सको तथ्याङ्क हो । त्यतिबेलाको चर्चमा दर्ता गरिएको जन्म र मृत्यको मितिको अध्ययनले भन्छ – त्यसबखत ब्यक्तिको सरदर आयु नै ३० वर्ष मात्रै थियो । के त्यतिबेलाको तथ्याङ्क अहिलेको समय सान्दर्भिक होला ? यस्ता पुराना तथ्याङ्क धेरै ठाउँमा बकवास सावित भएका छन् । यस्ता तथ्याङ्कले महिलालाई लज्जित र चिन्तित पार्ने बाहेक अरु केही गर्दैनन् । जे भएपनि हामीसँग आशातित नयाँ तथ्याङ्कहरु टन्नै छन् । २००४ मा प्रकाशित एक अध्ययनका अनुसार, सरदर हप्तामा दुईपटक यौन सम्पर्क गर्ने ७७० युरोपियन महिलामा गरिएको सर्वेक्षणमा, ३५ देखि ४० वर्ष समुहका ७८ प्रतिशत महिला एक वर्षभित्रै गर्भवती भएका थिए । त्यस्तै २० देखि ३४ वर्षको उमेर समुहमा भने ८४ प्रतिशत गर्भवती भएका थिए ।
तर यि तथ्याङ्कलाई बेवास्था गरिएको छ । एएसआरएम भन्ने संस्थाले त ‘बिसदेखि शुरुवाती तिस वर्षका उमेर समुह गर्भधारणको लागि उत्तम’ भन्दै विवादास्पद अभियान नै चलाएको थियो । अहिले हाम्रो ३५ वर्षनै गर्भाधारणको डेडलाइन उमेर भन्ने धारणा एकदमै अवैज्ञानिक मात्रै छैन, असान्दर्भिक पनि छ । एक अब्सटेट्रिसियन तथा गाइनोलोजिस्टले भर्खरै भनेकि छिन् – ‘यस्तो सोँचले त चिन्ता र लाज मात्र पैदा गर्छ ।’ यस्तो उमेर समुह विभाजन उपचारमा सहज होस् भनेर चिकित्सकहरुलेनै गरिदिन्छन् । अनि कहिलेकाहीँ ३५ वर्ष माथिकोलाई अनावश्यक जाँच र परिक्षणको लागि बाध्य पारिन्छ । यस्तो अतिरिक्त निगरानीले राम्रो भन्दा नराम्रो ज्यादा गर्छ ।
अनि कसको चाहीँ ३५ वर्षे उमेरहद हुँदैन ? पुरुषको । पुरुषको प्रजनन स्वास्थ्य सँधै उस्तै हुन्छ र उ जुनसुकै उमेरमा बाबु बन्न सक्छ भन्ने मान्यता छ । तर पुरुषको शुक्रकिट पनि कुनै कहिल्यै नबिग्रिने उच्च कोटीको रक्सी जस्तो होइन । अवश्य यसको स्तरियतामा पनि उमेर बढ्दै जाँदा ह्रास आउँछ । पाका बाबुको सन्तानमा अन्यमा भन्दा अत्याधिक शारिरिक तथा मानशिक समस्या हुने कुरा अध्ययनले देखाएको छ । एक अध्ययनका अनुसार, कुल बाँझोपना मध्ये एकल मामलामा २० देखि ३० प्रतिशतमा र महिला–पुरुष सम्मिलित मामलामा ५० प्रतिशत केसमा पुरुषको दोष पाइएको छ ।
के तपाईंले कुनै पुरुषले तीसवर्षै उमेरहदको त्रासमा शुक्रकिटको स्तरियताको चिन्ता गर्दै भण्डारण गरेको सुन्नुभएको छ ? मेरो उद्देश्य ढिलो बच्चा जन्माउन चाहने पुरुषलाई गिज्याउनु होइन । तर यो महिलालाई उमेरहदको मापदण्ड तोकेर दवाब दिने समय होइन । यदि एएसआरएम जस्ता संस्था महिलाले कम उमेरमै बच्चा जन्माउन् भन्ने चाहन्छन् भने तिनको ध्यान बच्चाको लालनपालनलाई कसरी सर्वसुलभ गर्न सकिन्छ, त्यतातिर जानुपर्छ । महिलाको प्रजनन उमेरहद तोक्नु अघि प्लास्टिक कारखानाहरु बन्द गर्नतिर लाग्नुपर्छ । धेरैजसो बाझोँपना प्लास्टिकजन्य वस्तुको उपयोगले निम्त्याएको छ । बाँझोपनाका थुप्रै कारणहरु छन् । कारण व्यक्तिपिच्छे फरक–फरक हुन सक्छन् । तर अहिलेलाई भने हामी मात्रै गर्भाधारणको ३५ वर्षे उमेरहदलाई नकार्छौ !
(आर्वा महदवी द गार्जियनकी स्तम्भकार हुन् ।)
'द गार्जियन ' बाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...