ग्याबी हिन्सलिफ
सात दशकसम्म राजकुमार फिलिप रानी एलिजावेथको छायाँजस्तो भएर रहे । यि एडिनवर्गका ड्युक महारानीका लाठी जस्ता थिए, सहारा थिए, भरोसा र साहस थिए । एकपटक महारानीले भनेकी थिइन्, ‘उनीले एकातिर सँधै महारानीको तमाम जिम्मेवारी निभाउन उनी एक्ली छैनन् मपनि साथमा छु भन्ने भरोसा दिइरहे । अर्कोतिर ति सबै काम र जिम्मेवारी महारानीले निभाएको हो भन्ने छनक पनि देखाइरहे ।’ डेनिस थ्याचरले पनि शक्तिशाली महिलाको श्रीमानको भूमिका निभाएका थिए । हुन त एउटा परम्परागत मागी विवाह गरेका ड्युकलाई परम्परागत लैङ्गिक भूमिका भन्दा ठीक विपरित भूमिका निभाएर परम्परालाईनै चुनौति दिने नारिवादी रोलमोडल भन्दा बडाईँचडाईँ गरेजस्तो देखिन्छ । सम्भवत यो त एकजना महिलाले पहिरिएको ताजका कारणले पनि हुन सक्छ । ड्युकको परिवार ग्रिसेली मुलका हुन् । त्यसैले पनि बेलायती ताजको प्रतिष्ठा फरक हुने भइहाल्यो । हुन पनि फिलिपले महारानीको राज्यभिसेकमा श्रीमतीलाई झुकेर अभिवादन गर्दै ताजप्रतिको आफ्नो बफादारिता त्यतिबेलै प्रस्तुत गरेका थिए । त्यो त्यस्तो जमाना थियो जतिबेला ठूलो ओहदामा भएपनि श्रीमतीसँग झुक्नु एक पुरुषको लागि सहज थिएन । त्यसैले फिलिपले त्यतिबेलै फरक किसिमको पुरुष आदर्श देखाएका थिए । उनले देखाएको त्याग, सहयोग र एक किसिमको साहस र भरोसा खासमा चर्चा र परिचर्चाको लागि पनि थिएन । बरु फिलिपको भूमिकाको बारेमा उनले गरेका सामाजिक कार्यको लागि राजनीतिकर्मीहरुले दिएका सम्मान नै काफी छन् । ‘द वारटाइम हिरोइज्म’, र किसोर–किसोरीलाई दिइने ‘ड्युक अफ इडिनवर्ग अवार्ड’ केही उदाहरण हुन् । तर खासमा उनी सार्वजनिक कार्य र च्यारिटिहरुमा आफु पछाडी बसेर आफ्नी श्रीमतीलाई अगाडी उभ्याए । यो नै सबैभन्दा सुन्दर कुरा थियो । यसअघि पब्लिक फिगरका कुनैपनि श्रीमानले यस्तो साहस गर्न सकेका थिएनन् । पुरुषत्वको घमण्डका कारण कोहिपनि पुरुष जिवनभर आफ्नी श्रीमतीको दुई कदम पछि हिँड्न पनि हिच्किचाउँथे । फिलिपलाई पनि सुरुवातमा केही सकस पर्यो, संथासँग यसको लागि व्यक्तिगत जीवन पनि त्याग गर्नपर्यो । उनले आफुलाई धेरै परिमार्जित गर्दै ल्याए । जब उनकी बुहारी, चाल्र्सकी दुलही वेल्सकी राजकुमारी डायना पारिवारिक सम्बन्धका कारण विक्षिप्त थिइन्, फिलिपले आफुले सक्दो सहयोग गर्ने बचन दिँदै चिट्ठी लेखेका थिए । ‘तपाईंले सधैँ सहयोग गर्दै आउनुभएको छ, धेरै केयर गर्नुभएको छ’ डायनाले प्रत्युत्तर दिएकी थिइन् ।
सुरु-सुरुमा जब फिलिप जवान थिए, राजपरिवार उनको भूमिकालाई लिएर सशंकित नै थियो । तर एक राजसंस्थासँग बैवाहिक जीवन जोडिएपछि कसरी अघि बड्नुपर्छ भन्नेमा फिलिप एकदमै बुद्धिमान थिए । चाल्र्ससँग भन्दा राम्रो सुझबुझ उनमा थियो । ड्युक चाल्र्सले २०१७ मा सार्वजनिक जीवनबाट सन्यास लिएका थिए । हामी महारानीलाई एक्लै सार्वजनिक वृत्तमा देख्न थालेका थियौँ । तर यो विगतको ७३ वर्ष यता महारानी कहिल्यै श्रीमान विना एक्लो थिइनन् । अहिले उनी विधवा रानी भएकी छिन् । यो वर्ष धेरै क्षति र पिडाको वर्ष हो । भाइरसले पनि धेरैको जोडी टुटाइदिएको छ । अहिले ९४ वर्ष पुगेकी हाम्री राष्ट्रप्रमुख पनि एकतिहाइ सेन्चुरी लामो प्रेमको वियोगमा छिन् । बन्द कोठाभित्र उनीसँग अन्तरंग कुरागर्ने एकमात्र मानिस फिलिपनै थिए । उनको पिडामा अहिले केहीले आफ्नै वियोगको झझल्को पाइरहेका छन् ।
(ग्याबी हिन्सलिफ द गार्जियनकी स्तम्भकार हुन् ।)
'द गार्जियन 'बाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...