एजेन्सी – अफ्रिकी मुलुक जाम्बियामा एक टीभीका समाचारवाचकले प्रत्यक्ष बुलेटिन पढ्दै गर्दा आफू र आफ्ना सहकर्मीले तलब नपाएको गुनासो गरेका छन् । कबिन्दा कलिमिना नामक ती समाचारवाचकले शनिवार राति समाचार भन्दै गर्दा तलब नपाएको र पाउनैपर्ने बताएका थिए । सामान्य तरिकाले बुलेटिन शुरू गरेर शीर्ष समाचार भनेपछि उनी अचानक रोकिए र अन एयरमै तलब नपाएको गुनासो गर्न थाले । क्यामरालाई हेर्दै उनले भने, ‘महिला तथा सज्जनवृन्द, समाचार बाहेकको कुरा गर्दा हामी मानव हौँ । हामीलाई तलब दिनुपर्छ । तर दुर्भाग्यवश, केबीएनमा हामीलाई तलब दिइएको छैन । श्यारोन, अन्य र म समेतले तलब पाएका छैनौं । हामीलाई तलब दिनुपर्छ ।’
उनले यसो भनेलगत्तै स्टेसनले प्रत्यक्ष प्रसारण काटेर बुलेटिनको ट्रेलर चलाएको थियो । केबीएन टीभीले भने कलिमिनाबाट एक राते स्टन्ट भएको यसरी प्रत्यक्ष प्रसारणमा असान्दर्भिक कुरा गर्नु निन्दनीय भएको बताएको छ । तलब नपाएको गुनासो गर्ने उपयुक्त माध्यम अर्कै भए पनि कलिमिनाले प्रत्यक्ष प्रसारणको दुरुपयोग गरेको टीभीको भनाइ छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...