बोक्सीको आरोप लगाउनु पूर्व बियर उद्योगमा महिलाको दबदबा थियो

पछि बोक्सीको आरोप लाग्ने डरकै कारण महिलाहरुले बियर बनाएर बेच्ने काम छोडे ।  बोक्सी आरोपित महिलालाई समाजबाट बहिस्कृत मात्र गरिन्नथ्यो, तिनलाई थुन्ने एवं फाँसी र मृत्युदण्ड समेत दिने गरिन्थ्यो ।

तिमीलाई मन पर्ने बियर र बोक्सीबीच के सम्बन्ध छ ?

जब म अमेरिकन साहित्य र संस्कृतिको कक्षामा यो प्रश्न राख्छु विद्यार्थीहरू कि छक्क पर्दै चुपचाप हुन्छन् कि हास्छन् । बियरको इतिहासमा भने महिलामाथि ठूलो अन्याय भएको छ । बियर बनाउने महिलालाई बोक्सीको आरोप लगाइएको छ ।

१६ औँ शताब्दीसम्म बियर बनाउने काम महिलाहरुकै जिम्मामा थियो । जबसम्म बियर बनाउने महिलालाई बोक्सीको आरोप लगाउन थालिएको थिएन, बियर बनाउनुमा तिनकै अभिन्न भूमिका थियो । 

अहिले पनि बोक्सीसँग जोडिएर आउने बिम्ब र पहिरन त्यतिबेलाका बियर बनाउने महिलासँग जोडिएर आउने गर्छन् । चुच्चो तथा अग्लो ह्याट, कुचो देखि बिरालोसम्मका बिम्ब तिनै बियर बनाउने महिलाहरुसँग गएर ठोकिन्छन् ।

विगत सात हज्जार वर्षदेखि मानिसले बियर पिइरहेका छन् । अनि शुरूवातमा बियर महिलाहरूले नै बनाउँथे । सामुन्द्रिक फिरन्ते यात्री देखि इजिप्टसम्म बियर बनाउने काम महिलाले नै गर्थे । चाडपर्व र उत्सवदेखि घर–घरमा पिउन क्यालोरीले भरिपूर्ण बियर बनाउनेहरू महिला नै थिए ।

जर्मनीकी हिल्डेगार्ड भन बिन्गेनले १२ शताब्दीमा वनस्पतिको बारेमा लेख्दा बियर बानाउने रेसिपीको विषयमा पनि उल्लेख गरेकी छन् ।  

ढुङ्गे युगको आले देखि पछि विकसित बियर १८ शताब्दीसम्म इङ्गल्याण्ड लगायत युरोपका अधिकांश क्षेत्रको परिवारको अभिन्न पाटो बनिसकेको थियो । यो पेय सस्तो र सरल थियो । अन्न उपयोग गर्ने सहज काइदा थियो । अझ कामकाजी वर्गको लागि त कार्बोहाइड्रेड र प्रोटिनले भरिपूर्ण बियर पोषणको उचित स्राेत पनि थियो । यो एकजना व्यक्तिको औषत डाइटभित्र नै पर्थ्याे भने यसलाई फर्मेन्टेसन गर्नु एक महिलाको एउटा नियमित घरायसी काम अन्तरगत पर्थ्याे । 

केही स्वावलम्बी महिलाहरूले यो घरायसी सीपलाई बजारसम्म लान थाले र बियर बिक्री गर्न शुरू गरे । विशेषतः विधवा तथा एकल महिलाहरूले आफ्नो अतिरिक्त आम्दानीको लागि यो घरायसी पेयको व्यापार गर्न थाले । कतिपय विवाहित महिलाले श्रीमानको सहयोगमा पनि यसलाई व्यावसायको रूप दिन थाले । 

मध्ययुगदेखि पुनर्जागरण कालसम्मको  इङ्गल्याण्डको बजारलाई हेर्ने हो एउटा चिरपरिचित दृश्य देखिन्छ । अग्लो तथा चुच्चो ह्याट लगाएका महिला त्यो बजारको भिडभाडभित्र हुन्छन् । थुप्रै ठाउँमा उनीहरू ठूलो भाँडोको पछिल्तिर उभिएका हुन्छन् । 

तर, यी महिलाहरू बोक्सी होइनन्, यिनीहरू त बियर बनाउनेहरू हुन् । तिनीहरूले चुच्चो र अग्लो ह्याट यसकारण लगाएका हुन् कि त्यो भिडभाडमा आफ्ना ग्राहकहरूले सजिलै तिनलाई देख्न सकुन् । तिनले त्यो ठूलो भाडोमा आफूले बनाएको पेय पदार्थ राखेका हुन्छन् । 

अनि यसरी बाहिर ल्याएर पेय बेच्नेले बिरालो पनि सँगसँगै ल्याएका हुन्छन् । यो कुनै छौडा–सौंडा होइन, मात्र छेउछाउमा मुसाले दुःख नदेओस्, भनेर तिनले बिरालोलाई साथी राखेका हुन्छन् । 
जसै महिलाहरु इङ्गल्याण्ड, आयरल्याण्ड तथा युरोपका बजारहरूमा आफ्नो व्यवसाय स्थापित गर्न शुरू गरे, क्याथोलिक चर्चको निगरानी र खानतलासी पनि शुरू भइहाल्यो । 

धार्मिक कट्टरपन्थीहरूको दबदबा सोह्रौ शताब्दीको शुरूवातमै शुरू भइसकेको थियो । तिनले महिलाहरूको काम र भूमिकामा अंकुश लगाउन शुरू गरे । बोक्सीको आरोप पनि लगाउन थाले । अब पुरुष बियर व्यवसायीले मौका पाए । बियर व्यवसायमा महिलासँग प्रतिस्पर्धा गर्न गाह्रो हुने भएपछि तिनले बियर बनाएर बेच्ने महिलालाई बोक्सीको आरोप लगाउन थाले । तिनले महिलाले बियर बनाउने भाँडोलाई टुनामुना गर्ने भाँडोको रूपमा दुष्प्रचार पनि गरे । दुर्भाग्यपूर्ण यो हल्लाले काम पनि गर्यो । 

पछि बोक्सीको आरोप लाग्ने डरकै कारण महिलाहरूले बियर बनाएर बेच्ने काम छोडे । बोक्सी आरोपित महिलालाई समाजबाट बहिस्कृत मात्र गरिनथ्यो, तिनलाई थुन्ने एवं फाँसी र मृत्युदण्ड समेत दिने गरिन्थ्यो । 

केही मनिसहरूलाई थाहा थियो कि बियर बनाउने महिलाहरू बोक्सी थिएनन् । तर, धेरैको धारणा यो थियो कि महिलाहरूले बियर बनाउने र बेच्ने काम नगरून् । किनकी, बियर बनाउने प्रक्रिया लामो र झन्झटिलो थियो । आले बनाउन नै घण्टौँ समय लाग्थ्यो, त्यसमाथि भुइँ बडारेर सफा राख्नपर्यो, अन्नका बोरा उचाल्नु पर्यो, केलाउनु र निफन्नु पर्यो । यदि महिलाले बियर बनाउने काम छोडेमा तिनले पर्याप्त समय घरपरिवार र छोराछोरीलाई खर्चन सक्थे ।

अब लोग्नेमान्छेहरूले बियरको व्यवसाय कब्जा गरे, अनि ठूलो भाँडोपछि अग्लो तथा चुच्चो ह्याट लगाएको महिला आकृति केवल बोक्सीको आकृतिको रूपमा रूपान्तरित भयो । आज संसारका १० प्रमुख बियर कम्पनीको सिइओमा सबै लोग्ने मानिसहरू छन् । तिनका बोर्ड मेम्बरमा पनि महिलाको संख्या नगण्य छ ।  

१६ औँ शताब्दीमा त इङ्गल्याण्डको चेस्टर लगायतका केही शहरमा महिलाले बियर बिक्री बितरण गर्नुलाई अवैधानिक नै बनाइयो ।  बियर बिक्री बितरण गर्ने महिलाको घरजम नै हुँदैन भन्ने मान्यता पनि त्यस समाजले बोकेको थियो ।

अब लोग्नेमान्छेहरूले बियरको व्यवसाय कब्जा गरे, अनि ठूलो भाँडो पछि अग्लो तथा चुच्चो ह्याट लगाएको महिला आकृति केवल बोक्सीको आकृतिको रूपमा रूपान्तरित भयो । आज संसारका १० प्रमुख बियर कम्पनीको सिइओमा सबै लोग्ने मानिसहरू छन् । तिनका बोर्ड मेम्बरमा पनि महिलाको संख्या नगण्य छ । 

धेरै कम्पनीहरूले बियरलाई पुरुषहरूको पेयको रूपमा प्रचार–प्रसार गर्छन् । कतिले अझै बियर पिउनुलाई पुरुषत्वसँग दाँजेर विज्ञापन गर्छन् । स–सना बियर उद्योगमा समेत लैंगिक विभेद छ । स्ट्यानफोर्ड विश्वविद्यालयको एक अध्यनका अनुसार, जम्मा ४ प्रतिशत बियर उद्योगमा मात्रै बियरको फरमेन्टेसन प्रक्रिया अनुगमन गर्ने महिला सुपरभाइजरहरू छन् । 

तर, यस्तो हुनु हुने थएन, बियरको इतिहास त यसको ठीक विपरीत थियो । 

(लाकेन ब्रुकद्वारा लिखित प्रस्तुत लेख द कन्भरसेसनबाट भावानुवाद गरिएकाे हाे । ब्रुक युनिभर्सिटी अफ फ्लोरिडाबाट अंग्रेजी साहित्यमा विद्यावारिधी गर्दैछन् । )

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

लाकेन ब्रुक

लेखकबाट थप...

सम्बन्धित समाचार