काठमाडौँ – विश्वभर कोरोना संक्रमणको दर घटिरहेका छ भने निको हुनेको संख्या बढिरहेको छ । विश्व स्वास्थ्य संगठनद्वारा हरेक दिन जारी गर्ने कोरोना अपडेटका अनुसार संक्रमण दर घट्दो दरमा देखाएको हो ।

त्यस्तै, निको हुनेको संख्या पनि बढिरहेको पाइएको छ । नेपालमा पनि केही दिन यतादेखि कोरोना संक्रमितको संख्यामा कमी देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको गत २४ घण्टाको अपडेट अनुसार कोरोना भाइरस संक्रमणबाट एकैदिन ५ हजार ७८४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ५ हजार ७८४ को मृत्यु भएको हो।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर २ लाख ७४ हजार ६८२ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । केही दिनदेखि विश्वभर कोरोना संक्रमण क्रमिक रूपमा घटिरहेको विश्व स्वास्थ्य संगठनको अपडेटले देखाइरहेको छ ।

त्यस्तै, संक्रमणबाट मृत्यु हुनेको संख्या पनि घटिरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म १७ करोड ९५ लाख ३२ हजार ५३९ मा कोरोना संक्रमण भएको छ। त्यस्तै, १६ करोड ४१ लाख ५८ हजार ९४९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

मंगलवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार मृत्यु हुनेको संख्या ३८ लाख ८८ हजार ३१८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ८ हजार ७७२ जनाको ज्यान गएको छ । ५३ हजार ९४० सक्रिय संक्रमित रहेका छन् भने ६ लाख २२ हजार ६४० जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ५ लाख ९२ हजार ९८४ जना संक्रमित निको भइसकेका छन् ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार