एजेन्सी - एकल जातिय, नश्लीय तथा धार्मिक अतिवादीले ट्रकले किच्याएर क्यानेडियन मुस्लिम परिवारको हत्या गरेको घटना विरुद्ध यही शुक्रबार हजाराैँले मार्चपास गरेका छन् । 

अघिल्लो आइतबार २० वर्षे अतिवादी नाथानियल भेल्टम्यानले साझँ आफ्नो घर बाहिर टहलिन निस्केको मुस्लिम परिवारमाथि सवारी चलाएर किच्याएका थिए । उक्त घटनामा एकै परिवारका तीन पुस्ताका चार सदस्यहरू मारिएका थिए । पाचौँ पुस्ताका ९ वर्षे बालक भने घटनाबाट बाँच्न सफल भएका छन् ।


मुस्लिम परिवारको हत्याको विरोधमा मार्चपासमा सहभागीहरू । फोटोः रोयटर्स 


प्रहरीले यो घटनालाई घृणाजनक जातीवादी घटनाको रूपमा व्याख्या गरेको छ । यसको विरोधको पदयात्रामा सहभागी हुनेहरूले घटनास्थलबाट नजिकैको मस्जिदसम्म सात किलोमिटर लामो यात्रा तय गरेका थिए । त्यही मस्जिद नजिकै प्रहरीले भेल्टम्यानलाई पक्रिएको थियो ।

‘घृणाको लागि यहाँ कुनै स्थान छैन’, ‘प्रेम घृणाभन्दा माथि छ !’ जस्ता प्लेकार्ड पदयात्रामा सहभागीहरूले बोकेका थिए। ‘संख्या महत्वपूर्ण कुरा होइन, धेरै भन्दा धेरै समुदायबाट यहाँ ऐक्यबद्धताको लागि सहभागी हुनुहुन्छ यो महत्वपूर्ण विषय हो’ लण्डनको मार्चपासमा सहभागी १९ वर्षे विद्यार्थी अब्दुल्हा अल–जाराद भन्छन् । 


लण्डनको प्रदर्शनमा सहभागी दुई पुरुष । फोटोः एएफपी


लण्डनमा भएका विभिन्न मार्चपासमा ३० हज्जार भन्दा बढी सहभागी थिए । क्यानडाका टोरन्टो, ओटावा, मोन्टेरियल र क्युबेक लगायतका सहरमा पनि मार्चपास भएका थिए । २०१७ मा पनि क्यानेडाको एक मस्जिदमा अतिवादीले गोली चलाउँदा ६ जना मारिएका थिए ।

अहिलेको पछिल्लो मुस्लिम विरोधि घटना ‘योजनापुर्वक, सोचबिचार पुर्याएर तथा मुस्लिम विरुद्ध जातिवादी घृणाभावका कारण भएको’ छानबिन अधिकृत पउल वएटले बताएका छन् । क्यनेडली प्रधानमन्त्री जस्टिन टुर्डोले पनि यसलाई ‘आतङ्कवादी आक्रमण’को संज्ञा दिएका छन् ।


मुस्लिम परिवारको हत्याको विरोधमा मार्चपासमा सहभागीहरू । फोटोः रोयटर्स 


एजेन्सीको सहयोगमा 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार