काठमाडौँ - रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसले इरानलाई अत्याधुनिक उपग्रहको आपूर्ति गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भनी वाशिङ्टन पोस्टमा हालै प्रकाशित समाचारको खण्डन गरेका छन्। उनले वाशिङ्टन पोष्टमा आएको समाचारलाई इन्कार गर्दै भने, “यो केवल भ्रामक सूचना हो। मलाई यो कुरा जानकारी छैन। यसबारे जसले कुरा गर्दैछन्, उनीहरूलाई शायद यसबारे बढी थाहा होला। यो अर्थहीन प्रचार मात्र हो।” वाशिङ्टन पोष्टमा तेहरानले यस क्षेत्रमा सैनिक लक्ष्यहरू ट्र्याक गर्न सक्ने ‘सेटलाइट’ दिने तयारी रहेको भनी शुक्रबार प्रकाशित समाचारलाई इन्कार गर्दै भने, “हाम्रो द्विपक्षीय सम्बन्ध छ जुन पछिल्लो वर्षमा सबैभन्दा निम्न अवस्थामा पुगेको छ।”
रुसी राष्ट्रपति पुटिनले एनबीसी न्यूजलाई शुक्रबार दिएको अन्तरवार्तामा पुटिनले आफु अमेरिकी समकक्षी जो बाइडेनसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।
रुसी राष्ट्रपतिले रुस र अमेरिकाबीचको सम्बन्धहरू पछिल्ला वर्षमा कमजोर विन्दुमा पुगेको बताइरहेका समय यही जुन १६ गते दुई नेताबीच स्वीट्जरल्याण्डको जेनेभामा भेटवार्ता हुने कार्यक्रम रहेको छ।
बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक विदेश यात्रामा युरोप पुगेका छन्। पछिल्ला वर्षहरुमा वाशिङ्गटन र मस्कोबीचको सम्बन्ध तनाबपूर्ण रहेको छ। युक्रेन, साइबर सुरक्षा, मानव अधिकार र संयुक्त राज्य अमेरिकाको चुनावमा भएको भनिएको हस्तक्षेपसँग सम्बन्धित मुद्दाहरूमा दुबै पक्षबीच परस्पर भिन्न मत रहेका छन्। बेलायतको शाही वायुसेना मिल्डेनहल बेसमा अमेरिकी सेना र तिनका परिवारलाई बुधवार बाइडेनले भने, “म स्पष्ट छु। रुसी सरकारले हानिकारक गतिविधिमा संलग्न भएमा संयुक्त राज्यले कडा र अर्थपूर्ण व्यवहार गर्नेछ। तर संयुक्त राज्य अमेरिका रुससँग स्थिर र अनुमानित सम्बन्ध चाहन्छ।” यसले उनले रुससँगको समस्या तथा सम्बन्धलाई कुटनीतिक रूपमा सम्बोधन गर्दै अघि बढ्ने बाइडेनको सोचलाई झल्काउँछ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...