एजेन्सी - आफ्ना धेरै भन्दा धेरै नागरिकले कोभिड–१९को खोप लगाउन भनेर अमेरिकाको वासिङ्टन राज्यले खोप लगाउने बयस्कहरूलाई एक खिल्ली गाँजा दिने अवधारणा अघि सारेको छ । यो स्किम अनुसार अब वासिङ्टन राज्यका सबै वयस्कले खोप लगाइसकेपछि त्यहीँ एक खिल्ली गाँजा मागेर तान्न सक्नेछन् ।
राज्यको लिक्योर तथा क्यानबिज बोर्डले सोमबार नै यो स्किम सार्वजनिक गरेको हो । यो अभियानको नाम ‘ज्वाइन्ट्स फर ज्याब्स’ दिइएको छ । यो योजना तत्कालै लागू गरिएको छ भने जुलाई १२ सम्मको लागि यो स्किम रहनेछ ।
वासिङ्टनमा ५८ प्रतिशतले कम्तीमा पहिलो डोज खोप लगाइसकेका छन् भने, ४९ प्रतिशतले पूरा डोज लगाएका छन्। सबैले पूरा डोज लगाउन भनेर उसले गाँजाको यो योजना अघि सारेको हो ।
वासिङ्टनले मात्र होइन, एरिजोनाले पनि २१ वर्ष माथिकालाई यो स्किम दिएको छ । अझ वासिङ्टनको लिक्योर तथा क्यानबिज बोर्डले खोप लगाइसक्नेहरूलाई निःशुल्क बियर, वाइन, कक्टेल जस्ता पेय पदार्थहरू पनि सित्तैमा उपलब्ध गराउँदै आएको छ । जिसस जिमेनिजले न्यूयोर्क टाइम्समा लेखेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...