Author
‘द अष्ट्रालोटाइटन कुपरेन्सिस’को धेरै विशेषता विन्टोनोटाइटन, डायमनटाइटनसौरस तथा साभानासौरस प्रजातिका शाहाकारी डायनोसरसँग मिल्न गएको पनि विज्ञहरूले बताएका छन् ।
२००७ मा अष्ट्रेलियामा भेटिएको डायनोसरको अवशेष अध्यनका आधारमा यो अष्ट्रेलिया महादेशकै सबैभन्दा ठूलो डायनोसर भएको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् । ‘द अष्ट्रालोटाइटन कुपरेन्सिस’ अर्थात् ‘द साउथर्न टाइटन’ नाम दिइएको यो डायनोसर विश्वभरिमा अहिलेसम्म पत्ता लागेका १५ ठूला डायनोसरमध्ये पर्छ ।
विज्ञहरूले यो ‘द साउथर्न टाइटन’को उचाइ ६.५ मिटर (२१ फिट) तथा लम्बाइ ३० मिटर भएको आँकलन गरेका छन्। यो भनेको एउटा बास्केटबल कोर्ट जति लामो हो।
यसको अस्तिपञ्जर पहिलोपटक २००७ मा क्विन्सल्याण्डको एक खेतमा भेट्टाइएको थियो । जिवाशेषविज्ञहरूले यो प्रजातिको डायनोसरबारे विस्तृतमा बुझ्न एक दशक खर्चिएका थिए । यसका हाडको सूक्ष्म स्क्यान गर्दै अन्य डायनोसरको सौरोपोड्स प्रजातिसँग तुलनात्मक अध्ययन गरिएको थियो ।
सौरोपोड्स प्रजाति डायनोसरको साहाकारी प्रजाति हो । यिनीहरू भिमकाय शरीरका कारण प्रशिद्ध छन् । यिनको टाउको सानो, घाँटी र पुच्छर लामो तथा मोटा खम्बा जस्ता खुट्टा हुने गर्थे ।
यो प्रजातिका डायनोसरहरू ९२–९६ मिलियन वर्ष पहिला क्रेटासियस युगमा पृथ्वीमा विचरण गर्ने गर्थे । ‘कुपर क्र्यु’को नजिकै यसको अवशेष फेला परेको कारण वैज्ञानिकहरुले यसको नाममा ‘कुपर’ जोडेका हुन् । दुर्गम ठाउँमा अवशेष भेटिनु, अवशेषको आकार ठूलो हुनु जस्ता विविध कारणले यसको अनुसन्धान गर्न लामो समय लागेको हो ।
अनुसन्धानकर्ताहरुले यसका अवशेषहरु भेला पारेर क्विन्सल्याण्ड संग्रहालयमा ल्याएका थिए । क्विन्सल्याण्ड तथा इरोमाग्ना न्याचरल हिस्ट्री संग्रहालयका अनुसन्धानकर्ताहरुका अनुसार यसका धेरै अवशेष सग्लै भेटिएका हुन् ।
संग्रहालयमा ल्याएर ‘द अष्ट्रालोटाइटन कुपरेन्सिस’ अवशेषहरुको मिहिनसँग थ्रिडि स्क्यान गरिएको थियो । फोटोः क्विन्सल्याण्ड म्युजियम बिबिसी
‘द अष्ट्रालोटाइटन कुपरेन्सिस’को धेरै विशेषता विन्टोनोटाइटन, डायमनटाइटनसौरस तथा साभानासौरस प्रजातिका शाहाकारी डायनोसरसँग मिल्न गएको पनि विज्ञहरूले बताएका छन् ।
‘यस्तो लाग्छ कि अष्ट्रेलियामा पत्ता लागेको ठूलो डायनोसर एउटा ठूला प्रजाति परिवारकै सदस्य हो’ प्रमुख अनुसन्धानकर्ता डा. स्कट हकनुलले बताएका छन् । यो डायनोसरको हाड इरोमाग्ना नजिकैको व्यक्तिगत खेतीको जमिनमा भेटिएको थियो । संयोगवश, त्यो जमिन रोबिन र स्टुवार्ट माकेजी नाम गरेका दुई डायनोसर अनुसन्धानकर्ताकै हो ।
‘यसको पहिलो हाड हाम्रो छोरोले भेट्टाएको थियो । त्यसपछि सबैको सहयोग र सहकार्यमा यहाँसम्म आइपुगेका हौं’ स्टुवार्ट माकेजी भन्छिन् । क्विन्सल्याण्ड राज्य सरकारले यो डायनोसरको प्रजाति वर्गीकरणका बारेमा स्थानीय डायनोसर अन्वेक्षण भन्दै मंगलबार स्वागत गरेको छ ।
‘पछिल्लो समय डायनोसरका अवशेष भेटिने मुलुकमा अष्ट्रेलिया अगाडि छ, यसको पनि केन्द्र क्विन्सल्याण्ड बनेको छ– यहाँ अझै धेरै अवशेषहरु पत्ता लाग्नै छ’ क्विन्सल्याण्ड म्युजियम नेटवर्कका कार्यकारी प्रमुख डा जिम थमसनले भनेका छन् ।
बिबिसी तथा अन्य एजेन्सीहरूको सहयोगमा
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...