एजेन्सी – बियार्नीदेखि पुलाउसम्म भारत र पाकिस्तानको साझा खानाको परिकार हो । उच्च स्तरको पुलाउ र बिर्यानीको लागि लाम्चो बासनादार र स्वादिष्ट बासमती चामल नै चाहिन्छ । पछिल्लो समय यही बासमती चामलको स्वामित्वलाई लिएर परम्परागत प्रतिद्वन्दी भारत र पाकिस्तान आमने–सामने भएका छन्।

युरोपियन युनियनमा बास्मती चामलको विशेष ट्रेडमार्कको भारतले निवेदन दिएको छ । यसले गर्दा पाकिस्तानको बास्मती चामलको अन्तराष्ट्र्रिय निर्यातमा ठूलो धक्का पुग्नेछ । त्यसैले पनि चामलको ट्रेडमार्कको विषयलाई लिएर विवाद उत्पन्न भएको हो ।

‘यो त हामीमाथि एटम बम खसाएजस्तो हो’ लाहोरका अल–बार्कत राइस मिलका सञ्चालक गुलाम मुर्ताजाले भनेका छन् । भारतले युरोपियन कमिसनबाट बासमती चामलको पिजिआइ मान्यता सहितको विशेष भौगोलिक उत्पादनको प्रमाणपत्र लिन खोजेपछि पाकिस्तानले तुरुन्तै आपत्ति जनाएको हो । 

भारत विश्वकै सबैभन्दा धेरै धान निर्यात गर्ने मुलुक हो । उसले धान निर्यातबाट वार्षिक ६.८ बिलियन डलर कमाउँछ । राष्ट्रसंघका अनुसार, धान निर्यातबाट वार्षिक २.२ बिलियन डलर आम्दानी पाकिस्तान चौथो धेरै धान निर्यात गर्ने मुलुकमा पर्छ । विश्वमा यी दुई मुलुक मात्रै बासमती चामलका निर्यातकर्ता हुन् ।

"हाम्रो बजार डामाडोल पारेर कब्जा गर्न भारतले यो सब फन्डा गरिरहेको छ", गुलाम मुर्ताजाले भनेका छन् । मुर्ताजाको धान खेती भारतीय सीमानाबाट मात्र पाँच किलोमिटरको दूरीमा छ । "यसले हाम्रो सबै धान–चापल व्यवसाय धरापमा पर्नेछ" उनी सुनाउँछन् ।

कराँचीदेखि कोलकत्तासम्म बासमती चामल दक्षिण एशियाको खास खाना हो । यसलाई मासु, अचार, सब्जी जे सँग पनि खान सकिन्छ । विवाह तथा अन्य भोजमा भारत र पाकिस्तान दुवै देशमा बिरयानी विशेष नभइ नहुने परिकार हो।

भारत र पाकिस्तान ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएसँगै १९४७ मा छुट्टिएका थिए । त्यसयता तीन–तीन पटक त यी मुलुकले एक–आपसमा युद्ध नै गरिसकेका छन् । ५० वर्ष पछि यही २०१९ मा एक अर्काको सीमामा घुसेर हवाई आक्रमण गरेका थिए ।

अन्तराष्ट्रिय स्पेसहरूमा पनि एकअर्काको आरोप–प्रत्यारोपमा उत्रने भारत–पाकिस्तानको कुटनीतिक सम्बन्ध पनि दशकौँदेखि सुध्रन सकेको छैन । विगत तीन वर्ष यता युरोपियन युनियनमा पाकिस्तानले बासमती चामलको व्यापारमा उल्लेख्य विस्तार गर्दै आएको छ । भारतले युरोपियन पेस्टिसाइड मापदण्ड पूरा गर्न नसकेपछि पाकिस्तानलाई फाइदा पुगेको हो। युरोपियन कमिसनका अनुसार त्यस क्षेत्रको झण्डै दुईतिहाई माग पाकिस्तानले धानेको छ । 

"यसले हाम्रो सबै धान–चापल व्यवसाय धरापमा पर्नेछ", पाकिस्तान चामल निर्यात संघका उपाध्यक्ष मलिक फैसल जहाँगिर भन्छन् । उनका अनुसार पाकिस्तानको बासमती चामल बढी अर्ग्यानिक र उच्चस्तरीय छ । 

उत्पादित वस्तुको वास्तविक भूगोल, त्यसको उत्पादन–प्रशाेधन–प्याकिङका आधारमा विशेष अधिकार सहितको पिजिआइ मान्यताले दिने गरिन्छ । त्यसैले प्रोटेक्टेड डेजिग्नेसन अफ ओरिजिन भन्दा पिजिआइ मान्यता प्रक्रिया अझ विशेष छ । दार्जिलिङकाे चिया, कोलम्बियाको कफी, फ्रान्सका ह्यामहरूले पिजिआइ मान्यता पाएका छन् । पिजिआइ मान्यता पाइसकेपछि त्यो मुलुक त्यस उत्पादनको निर्यातमा सर्वेसर्वा हुन्छ नै ।

तर भारतले भने यसले केही आपत्ति नहुने जनाएको छ । उसले हिमालयनको काखमा आफूले मात्र बासमती फलाउने गरेको भनेर दावी नगरेको बतायो । तर पनि पिजिआइ मान्यताको लागि आवेदन दिएको स्वीकारेको छ । "भारत र पाकिस्तान दुवैले विगत ४० वर्षदेखि स्वस्थ्यपूर्ण ढंगले आ–आफ्नो अन्तराष्ट्रिय बजारमा बासमती चामल निर्यात गरिरहेका छन् । मलाई लाग्दैन कि पिजिआइले यसमा असर पार्नेछ", भारतीय चामल निर्यात संघका पूर्वअध्यक्ष विजय सेठियाले भनेका छन् ।

भारतले निर्णय दिन तीन महिनाको समय मागेको छ त्यसैले सेक्टेम्बरसम्ममा भारत–पाकिस्तान मिलेर यो विवाद सुल्झउन् भन्ने इस्यु चाहन्छ । "इतिहासदेखि नै भारत र पाकिस्तानको भूगोल साझा हो", भन्दै युरोपियन कमिसनका लेगल रिसर्चर ढेल्फिन म्यारी भिभियनले पहिला यस्ता समस्या आएका र आपसी समजदारी सुल्झने बताएका छन् । 
सबैको आशा छ कि पाकिस्तान र भारतले सहमतीमा संयुक्तरुपमा पिजिआइ मान्यताको लागि आवेदन दिनेछन् । आपसमा नमिलेर इयूले भारतलाई नै पिजिआइ मान्यता दिएमा पाकिस्तानले युरोपियन अदालतको ढोका ढकढक्याउने छ । तर, यी सब तिकडमहरूले धान–चामल उद्योगमा भने अन्योलता सिर्जने छ । अल जजिराबाट

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार