काठमाडाैँ - बेलायतकी डचेज अफ ससेक्स मेघनले आफ्नो दोस्रो बच्चाको रूपमा छोरीलाई जन्म दिएकी छन् । जसको नाम उनका श्रीमान ह्यारीले रानी एलिजाबेथ र आफ्नी स्वर्गीय आमा राजकुमारी डायनाको नाममा लिलिबेथ डायना माउथबेथन–विन्डसर राखेका छन् । लिलिबेथ शुक्रबार क्यालिफोर्नियास्थित सान्ता बार्बरा अस्पतालमा जन्मिएकी हुन् ।
‘यही जुन ४ मा हामीलाई पुत्री लाभ भयो, लिलिको रूपमा । उनी हामीले सोचेभन्दा उत्कृष्ट छिन् । हामीलाई सबैतिरबाट प्राप्त सद्भावको लागि कृतज्ञ छौं’, ह्यारी र मेघनले संजालमा पोष्ट गरेका छन् । आमा र बच्चा दुवै स्वस्थ्य रहेको र घरमै आराम गरिरहेको बताइएको छ ।
यो खबर आइसकेपछि रानी एलिजाबेथ, ह्यारीका बुवा राजकुमार चार्ल्स, दाजु राजकुमार चार्ल्स तथा भाउजु केट सबै खुसी भएकाे बकिङ्गहम दरबारले बताएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि बधाई ज्ञापन दिएका छन् ।
ह्यारी र मेघनले मार्चमा एउटा सनसनीपुर्ण अन्तर्वार्ता दिएपछाडि तिनलाई पुत्री लाभ भएको हो । अन्तर्वार्तामा आफ्नो पहिलो सन्तानको छालाको रंगलाई लिएर कसरी तिनले दरबार भित्रै विभेद भोग्नुपरेको थियो भन्ने बताएका थिए । त्यो तनावले मेघनलाई डिप्रेसनतिर धकेलेको उनले बताएकी थिइन् ।
यो जोडीले उठाएको जातीय विभेदको विषय गम्भीर भएको र त्यसको उचित संवोधन पनि गरिने बकिङ्गहम दरबारले बताएको थियो । ह्यारी र मेघनले मे, २०१८ मा विवाह गरेका थिए भने त्यसको एक वर्ष पछि तिनको पहिलो सन्तानको रुपमा आर्ची जन्मिएका थिए ।
२०२० को सुरुवातमै मेघन र ह्यारीले राजपरिवारको सदस्यका रूपमा जिम्मेबारी त्याग्दै उत्तर अमेरिकामा बसाइँ सरेका थिए । बेलायती संचारमाध्यमको नश्लीय र जातिवादी चियोचर्चोबाट आफूहरू वाक्क–दिक्क भएको तिनले बताएका थिए । पछिल्लो समय उनीहरु क्यालिफोर्नियाको सान्ता बारबरा नजिकै बस्दै आएका छन् ।
जुलाई २०२० मा मेघनले गर्भ खेर गएको र त्यसले अरु थप विछिप्त पारेको पनि बताएकी थिइन् । त्यो घटनाको केही अघि राजपरिवार सदस्यको जिम्मेबारी त्यागेर सामान्य जीवनमा फर्कने निर्णय लिएपछि परिवारले आर्थिक सहयोगमा कटौती गरेको ह्यारीले बताएका थिए । तर आमा डायनाले छोडेको सम्पत्तिका कारण उनको परिवारको आर्थिक संकट टरेको पनि ह्यारीले बताएका थिए । आफू छोरोको बारेमा मात्र चिन्तित भएको मेघनले बताएकी थिइन् किनकी शाही पदवी बिनाको उनको सन्तानले दरबारबाट सहयोग पाउने थिएनन् । गर्भावस्थामा यस्ता थुप्रै तनाव झेल्नु धेरै पीडादायक भएको पनि मेघनले बताएकी थिइन् । राजकुमारको पदवी भन्दा आफ्नो सन्तानको सम्मान र सुरक्षाको चिन्ता उनलाई ज्यादा थियो।
आफ्नो सन्तानको छालाको वर्णलाई लिएर भएका टिक्का–टिप्पणीले श्रीमान ह्यारीलाई पनि विक्षिप्त पारेको मेगनले खुलाएकी थिइन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...