एजेन्सी - रोडमा बिछ्याइएको एम्बुसमा परी अफगानिस्तानकाे उत्तरी राज्य बाद्गिसमा कम्तीमा ११ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । स्थानीय प्रशासन अधिकारीहरूले तालिवानहरूले जमिनमा बिस्फोटक पदार्थ राखेको बताएका छन् । शनिबारको यो घटना अफगान शान्ति प्रक्रियाको विषयमा युएन प्रतिनिधि र तालीवानी नेताहरूबीच कतारमा बार्ता हुनु केही घण्टा अघि मात्र घटेको थियो ।

तालिवानी प्रवक्ताले ट्विटरमा तालीवानी नेता सेर मोहमद अब्बास स्तानेक्जाईले कतारको बार्तामा युएनका प्रतिनिधिसँग अफगान शान्ति प्रक्रियाको लागि प्रतिवद्धता व्यक्त गरेको उल्लेख गरेका छन् । यद्यपि, २०२१ को शुरूकै तीन महिनामा हिंसामा १८०० सर्वसाधारण मारिइसकेका छन् । एजेन्सीकाे सहयाेग 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार