एजेन्सी –पश्चिम अफ्रिकामा अवस्थित भूपेरिवेष्ठित राष्ट्र बुर्किना फासोको एक गाउँमा भएको आतंककारी हमलामा १३२ जना मारिएका छन् । बन्दुकधारी आतंककारीको गरेको अन्धाधुन्ध आक्रमणमा ज्यान जानेमध्ये ७ जना बालबालिका समेत रहेको बुर्किना फासो सरकारका प्रवक्ता ओसेनी ताम्बुराले बताएका छन् ।

शुक्रबार मध्यरातमा बन्दुकधारीहरूले मुलुकको यागा प्रान्तमा पर्ने साहेल क्षेत्रको सोलन भन्ने गाउँमा आक्रमण गरेका हुन् । अन्धाधुन्ध गोली प्रहारसँगै उनीहरूले घर र स्थानीय बजारहरू समेत जलाइदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले छन् ।

‘हामी यो आततायी जत्थाविरुद्ध एकजुट हुनपर्छ’ राष्ट्रपती रोच मार्क क्रिस्टियन काबोरेले भनेका छन् । उनले आक्रमणलाई ‘पाशविक’ को संज्ञा दिएका छन् भने घटनापछि सरकारले ७२ घण्टे राष्ट्रिय शोकको घोषणा गरेको छ । प्रत्यक्षदर्शीले धेरै घाइतेहरू क्लिनिकमा पुगेको बताएका छन् । ‘एक क्लिनिकमा मैले एउटा वार्डमा १२ र अर्कोमा १० भाइतेलाई देखेँ । आफन्तहरु तिनको स्याहार गरिरहेका थिए’ एसोसियट प्रेसलाई एक प्रत्यक्षदर्शीले बताएका छन् ।

यागा राज्यको मुख्य सहर सेब्बाबाट १५ किमी पर रहेको सानो समुदाय सोल्हानमा पछिल्ला वर्ष पटक–पटक आक्रमण हेर्दै आएका छ । पछिल्लो समय सेहाल क्षेत्रको पश्चिमी भागमा बुर्किना फासोले गम्भिर सुरक्षा चुनौतीको सामना गरिरहेको छ । यसले उक्त क्षेत्रमा ठूलो मानवीय संकट सिर्जेको छ ।
द्वन्द्वकै कारण बुर्किना फासोमा एक लाग बिस हज्जारले घरबार छोडेर हिडेका छन् । फ्रान्सेली लगायत अन्य अन्तर्राष्ट्रिय शान्ति सेना तथा स्थानीय सुरक्षा फौज साहेल क्षेत्रमा परिचालित गरिएतापनि त्यहाँ सशस्त्र समुहहरूको आक्रमण रोकिएको छैन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार