एजेन्सी – म्यानमारको अएयारवाडे नदीको घाँटीमा म्यानमारी सेना र भाला लगायतका घरेलु हातहतियार बोकेका गाउँलेहरू बीच भिडन्त हुँदा कम्तीमा तीन जना मारिएको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएको छ । तर, स्थानीय सञ्चारमाध्यमहरूले भने २०को हाराहारीमा सर्वसाधारणहरू मारिएको जनाएका छन् ।

सरकारी सञ्चारमाध्यमले शनिबार हलासे गाउँमा सुरक्षा फौज राज्यविरुद्ध अपराधमा संग्लग्नलाई पक्राउ गर्न जाँदा तीन ‘आतङ्ककारी’ मारिएको तथा दुई पक्राउ परेको बताएको छ । घटनाको बारेमा सरकारी प्रवक्ताले केही प्रतिक्रिया दिएका छैनन् ।

फेब्रुअरीमा आङ्ग साङ्ग सुकीको सरकारलाई अपदस्त गरि सेनाले सत्ता हातमा लिएपछि म्यामारमा हिंसा भड्किएको छ भने अर्थतन्त्र डामाडोल भएको छ । 
याङ्गगुन देखि १५० किमी उत्तर–पश्चिमको हलासेमा सेना र गाउँलेबीच झडप भएको थियो । हतियार खोज्न गाउँ गएको सेनाले बताएको छ । ‘गाउँलेहरूसँग गुलेली र भाला मात्रै थियो, त्यसैले एकदम धेरै गाउँलेहरू मारिए’ त्रासका कारण नाम नखुलाउने शर्तमा एक स्थानीयले रोयटर्सलाई बताएका छन् । स्थानीय खिथ थिक मिडिया तथा डेल्टा न्युज एजेन्सीले २० सर्वसाधारण मारिएका र अन्य धेरै घाइते भएको बताएका छन् । तिनका अनुसार, सेनाले गाउँलेमाथि ज्याजती गर्न थालेपछि स्थानीयहरूले तीर र भालाले प्रतिकार गर्ने कोसिस गरेका थिए । 

सरकारी एमआर टिभीले भने सुरक्षा फौजमाथि एयर गन प्रहार गरिएको र गोली हानाहानपछि तीन आक्रमणकारीको शव मिलेको बताएको छ । 
यदि स्थानीय सञ्चारमाध्यमको कुरा पुष्टि भएमा यो दुई महिना यताकै एकै दिनमा भएको सबैभन्दा ठूलो हताहत हो । अधिकारकर्मीका अनुसार, फेब्रुवरी यता मात्रै सेना र प्रहरीद्वारा ८४५ नागरिकको हत्या भएको छ । सैन्य सरकारले यो तथ्याङ्क लुकाएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार