एजेन्सी - संयुक्त राज्य अमेरिकाले कोरोना विरूद्धको खोपको अर्को ७४ लाख मात्रा बङ्गलादेश पठाएको छ । 

‘विश्वभर महामारीको अन्त्य गर्न अमेरिकी प्रतिबद्धताका लागि धन्यवाद, संयुक्त राज्य अमेरिकाले ७४ लाख ३४ हजार १८० मात्रा कोभिडविरूद्धको खोप बङ्गलादेशका लागि पठाएको छ,’ ह्वाइट हाउसका एकजना अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने । 

सार्वजनिक–निजी साझेदारी गावीको सह–नेतृत्वमा विश्वव्यापी वितरण पहलमा विश्वभर कोभाक्सको ४० करोडभन्दा बढी खोप अमेरिकाले विदेशलाई सहयोग गरिसकेको ती अधिकारीले बताएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई article.themargin@gmail.com मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार