एजेन्सी- काेराेना संक्रमणकाे तेस्राे लहर चलिरहेकाे भारतमा दिनप्रतिदिन संक्रमितकाे संख्या बढिरहेकाे छ । पछिल्लो २४ घण्टामा झण्डै २ लाख संक्रमित थपिएका छन् ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाकाे अवधिमा १ लाख ९४ हजार ७२० संक्रमित थपिएका छन् भने ४४२ जनाकाे मृत्यु भएकाे छ ।
यहि अवधिमा ६० हजार ४०५ जना संक्रमणमुक्त भएका छन् । अहिले भारतमा ९ लाख ५५ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
संक्रमणदर ११.०५ प्रतिशत पुगेकाे छ । अघिल्लाे दिनकाे तुलनामा १५.८ प्रतिशतले संक्रमणदर बढेकाे छ । मंगलबार भारतमा १ लाख ६८ हजार संक्रमित थपिएका थिए ।
अहिलेसम्म भारतमा ४ हजार ८६८ जनालाई काेराेनाकाे ओमिक्राेन भेरियन्ट पुष्टि भएकाे मन्त्रालयले बुधबार जानकारी दिएकाे छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...