एजेन्सी - पाँच ओटा आणविक सम्पन्न देशहरूले आणविक युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । एउटा संयुक्त विज्ञेप्ति जारी गर्दै रसिया, बेलायत, चीन, अमेरिका र फ्रान्सले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
रुसी प्रशासन क्रेमलिनले जारी गरेको विज्ञप्तिअनुसार प्रतिबद्ध जनाउने सबै देश राष्ट्रसंघको सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । उनीहरुले रणनीतिक जोखिम घटाउने बाचासमेत गरेका छन् ।
सुरक्षित वातावरण सृजना गर्न सबै देशहरुसँग काम गर्न चाहेको बताएका छन् । ‘आणविक युद्ध हुनु हुँदैन र यसलाई जित्न सकिँदैन भन्नेमा हामी दृढ छौं,’ ती देशहरूले संयुक्त विज्ञप्तिमा भनेका छन् । अस्थित्वमा रहेका आणविक हतियार रक्षात्मक कार्यमा प्रयोग गर्न सकिने भने ती देशको भनाई छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...