एजेन्सी । रसायनिक पदार्थले भरिएको एक पानीजहाज श्रीलङ्कन समुन्द्रमा डुबेको छ । श्रीलङ्कन सरकार र जलसेनाले यसलाई अहिलेसम्मकै सबैभन्दा खराब सामुद्रिक दुर्घटना भनेका छन् । रसायनिक पदार्थले भरिएको जहाजमा आगो लागेपछि उद्धारकर्ताहरूले त्यसलाई तान्ने प्रयास गर्दैथिए । तर जहाज श्रीलंकाको मुख्य बन्दरगाहमै डुब्न पुग्यो, बुधबार अधिकारीहरूले बताएका छन् । 

सिङ्गापुरको ध्वजावाहक एमभी एक्स–प्रेस पर्ल नामक उक्त जहाजमा १,४८६ कन्टेनर थिए भने त्यसमा अन्य कस्मेटिक र रसायनिक पदार्थ सहित २५ टन त नाइट्रिक एसिड मात्रै थियो। जहाज भारतको हाजिरामा १५ मे मा लोड गरिएको थियो । मे २० मा जब जहाजमा आगो लाग्न शुरू भयो यो श्रीलंकाको पश्चिमी किनारामा थियो । त्यसपछि जहाजलाई १८ किमि कोलम्बोको उत्तर–पश्चिमतिर लगिएको थियो र बन्दरगाहमा प्रवेश गर्न लागेको थियो ।

शुरूदेखि नै अधिकारीहरू आगो निभाउन प्रयासरत थिए । बुधबार जहाजको एक चौथाइ भाग पानीमा डुबेको थियो भने त्यसको अघिल्लो दिनमात्रै अग्नि नियन्त्रकहरूले १२ दिनदेखि लागेको आगो मत्थर पारेका थिए । श्रीलंकन जलसेनाका प्रवक्ता क्याप्टेन इन्डिका डि सिल्भाका अनुसार, जहाजको मुख्य भाग डुबैकोले यो अघाडी बड्न सकेको थिएन । अहिले त जहाज जोतिइसकेको छ र यसलाई बहकाउने प्रयासपनि रोकिएको छ । ‘अहिलेको हाम्रो मुख्य चासो भनेको तेल चुहेको छ कि छैन त्यो हो । अहिलेसम्म त चुहिएको छैन, यदि चुहियो भने यो एकदमै विध्वसंक हुनेछ । तर हामी सक्दो गरिरहेका छौं’ डि सिल्भाले भनेका छन् ।

जलसेनाका अनुसार, आगो जहाजको कन्टेनरमा भएको केमिकलको कारण लागेको अनुमान छ । श्रीलंकन प्रहरीले कोलम्बो अदालतमा जहाजका क्याप्टेन, इन्जिनियर तथा सहायक इन्जिनियरलाई तत्काल श्रीलंका छोड्न नपाउने केस दर्ता गरेको छ । जहाजका सबै २५ जना स्टाप–क्रुलाई भने आगो लाग्न सुरु हुँदै उद्धार गरिएको थियो । तिनीहरु फिलीपिनी, चिनिया, इन्डियन र रसियन थिए । 

आगोले सबैजसो कार्गो जलाएको छ भने, त्यस क्षेत्रको पानी प्रदुर्षित पारेको छ । यसले उक्त किनारालाई लामो समयसम्म असर पुर्याउने छ । माछा मार्नको लागि प्रशिद्ध यो ठाउँमा यसले ठूलो पर्यावरणीय विनास निम्तने कुरामा पनि त्यत्तिकै ठूलो चिन्ता छ । 

‘जहाजले बोकेको धेरै रसायनिक पदार्थ एकदमै हानीकारक छन् । ती मध्ये कतिपय पानीमा घुल्न पनि सक्छन्’ श्रीलंकाका म्यारिन इन्भाइरोमेन्ट प्रोटेक्सन अथोरिटीका अध्यक्ष दर्शनी लाहन्दापुराले बताएका छन् । अहिले श्रीलंकन सरकारले घटनास्थलको ८० किमि वरिपरी माछा मार्न बन्देज लगाएको छ भने ५,६०० माछा मार्ने ढुंगा थन्किएका छन्। सयौं सिपाहीलाई समुन्द्र सफा गर्न खटाइएको छ ।  एजेन्सी 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार