एजेन्सी – भारतीय चिकित्सकहरूले योगमार्फत कोभिड–१९ निको पार्छु भनिरहेको योग गुरु रामदेवलाई पक्राउको माग गर्दै आन्दोलन थालेका छन् । भारतभरी हातमा कालो पट्टी बाँधेर भारतीय चिकित्सकहरू रामदेवको विरोधमा उत्रिएका हुन् ।

एकातिर रामदेव योगाले कोभिड–१९ ठीक हुन्छ भनिरहेका छन् भने अर्कोतिर तिनको आधुनिक औषधिले मान्छे मारिरहेको दावी गरिरहेका छन् ।  परम्परागत जडिबुटीजन्य औषधिको साम्राज्य खडा गर्ने बाबा रामदेव गत महिना महामारीले आधुनिक फार्माक्युटिकल औषधिलाई निकम्पा सावित गरिदिएको तथा विज्ञानलाई असफल पारेको बताएका थिए । उनले एलोप्याथी औषधिमा विश्वास गरेकोले हजारौँ कोभिड संक्रमितले ज्यान गुमाएको दावी गरेका थिए ।

सो को विरोधमा मंगलबारलाई चिकित्सकहरूले कालो दिनको रूपमा सामाजिक संजालमा ब्यानर तथा ह्यासट्यागको माध्यमबाट रामदेवलाई पक्राउ गर्न दवाब दिएका थिए । ‘रामदेवलाई पक्र’ लेखिएका ब्यानरहरू प्रयोग गरिएको थियो भने चिकित्सकहरूले पिपिआरको पछाडी ‘एरेस्टरामदेव’ भन्ने ह्यासट्याग प्रिन्ट गरेका थिए । रामदेवको अभिव्यक्तिलाई चिकित्सकहरुले घृणित भएको बताइका छन् । 

भारत जस्तो मुलुकमा जब आम मानिसहरू योग तथा अन्य आध्यात्मिक गुरुहरूको अन्धोभक्ति गर्छन् भने यसले हामी जस्तो विज्ञानमाथि विश्वास गर्नेहरूप्रति अविश्वास पैदा हुन्छ । त्यसैले चिकित्सकहरूले यस्ता भ्रम चिर्नपर्छ ।’ फेडरेसन अफ रेसिस्डेन्ट डक्टर एसोसिएसनका डा मेहक हुसनले बताएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार