एजेन्सी- कोरोना महामारी रोकथामका लागि दक्षिण अफ्रिकामा लगाइएको रात्रिकालीन कर्फ्यु हटाइएको छ । अधिकारीहरूले देशमा कोरोना महामारीको चौथो लहर लगभग समाप्त भइसकेको बताएका छन् । 

सरकारले एक वक्तव्य जारी गर्दै ओमिक्रोन भेरियन्टको चर्काे आक्रमणका बाबजुद कोरोनाको पछिल्लो लहरविरुद्धको लडाइमा अब अस्पताल भर्ना हुने दर कम भएको बताएको छ । सरकारले मृत्युदरमा भने सामान्य वृद्धि भएको बताएको छ । 

कोरोनाको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको थियो । यो भेरियन्ट यसअघिका अरु भेरियन्टभन्दा निकै संक्रामक छ ।  यसबाट बच्न विश्वभरका देशले उच्च सावधानी अपनाउँदै कडा प्रतिबन्ध लागू गरेका छन् । 

विश्व स्वास्थ्य संगठनले अघिल्लाे दिन मात्रै डेल्टा र ओमिक्रोन भेरियन्टले संक्रमणको सुनामी ल्याउने चेतावनी दिएको छ । त्यसलगत्तै दक्षिण अफ्रिकाले भने रात्रिकालीन कर्फ्यु हटाउने घोषणा गरेको हो । एक विशेष क्याबिनेट बैठले देशका लगभग सबै प्रान्तमा कोरोना संक्रमित र अस्पताल भर्ना हुने क्रममा कमी आएको बताएको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार