नयाँ दिल्ली - महात्मा गान्धीको अपमान गर्ने र उनका हत्यारा नाथुराम गोड्सेको प्रशंसा गरेको आरोपमा पक्राउ परेका एक हिन्दुवादी नेतामाथि प्रहरी मुद्दा चलाएको छ । सन्त कालीचरण महाराजलाई बिहीबार चलाएको हो ।

अभिव्यक्तिमार्फत समुदायहरुबीच दश्मनी प्रबर्द्धन गरेको कालीचरणमाथि आरोप लागेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कालीचरणले भनेका छन्, ‘मोहनदास करमचन्द गान्धीले देश ध्वस्त पारेका थिए । गान्धीका हत्यारा नाथुराम गोड्सेलाई स्यालुट छ ।’

रायपुरमा धर्म ससंदलाई सम्बोधन गर्दै उनले मुस्लिमहरूलाई पनि होच्याएका थिए । मुस्लिमको उद्देश्य राजनीतिमार्फत देश कब्जा गर्नु भएको उनको भनाइ थियो । हिन्दु धर्म रक्षाका लागि कट्टर हिन्दुवादी नेताहरूलाई निर्वाचित गर्न उनले माग गरेका थिए । 

यसैबीच, महाराष्ट्रमा सत्तारुढ कंग्रेसको राज्य एकाइका अध्यक्ष मोहन मार्कमले कालीचरणलाई राज्यद्रोहको मुद्दा लगाउनुपर्ने बताएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार