एजेन्सी - अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्ककाे स्पेस एक्सको स्टारलिंक स्याटलाइटले चिनियाँ स्पेस स्टेसनलाई ठक्कर दिन खोजेको भन्दै चीनले चिन्ता व्यक्त गरेको छ । चीनको तियागोंग स्पेस स्टेसनमा मस्कको स्याटलाइट जुलाई र अक्टोबरमा ठोकिन खाेजेकाे भन्दै चीनले राष्ट्रसंघको अन्तरिक्ष निकायमा ध्यानाकर्षण गरेको हो । 

दुबै पटक मस्कको स्याटलाइट चीनको स्पेस स्टेसननजिक पुगेको र  ठोकिनबाट जोगिन स्पेस स्टेसनका अपरेटरले आफ्नो बाटो परिवर्तन गरेको चीनको भनाई छ । स्याटलाईटको अतिक्रमणका कारण चिनियाँ अन्तरिक्ष यात्री जोखिममा परेको पनि चीनले गुनासो गरेको छ । 

बेइजिङले अप्रिलमा पृथ्वीको सतहबाट ३९० किलोमिटरको दुरीमा स्पेस स्टेसन तियानगोंग  स्थापना गरेको थियो । मस्कको स्पेसएक्सले आफ्नो स्याटलाइटलाई अकस्मात पृथ्वीबाट  ३८२ किलोमिटरको दूरीमा राखेको र यसले चिनियाँ स्टेसनमा ठोकिने जोखिम बढेको बेइजिङको तर्क छ ।

यसैबीच मस्कको स्याटलाइट ठोकिने जोखिम बढेपछि चिनियाँ सामाजिक सञ्जालमा विबोमा उनको कडा आलोचना भएको छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार