एजेन्सी- अफगानिस्तानमा मध्यम र लामो दूरीको यात्रा गर्न महिलाले अब एक्लै यात्रा गर्न नपाउने भएका छन् । 

अफगानिस्तानमा कब्जा जमाएको तालिबानले अब यात्रा गर्नका लागि पुरुष नातेदारको उपस्थितिलाई अनिवार्य गरेको छ ।

छोटो दूरीका यात्राका लागि भने यो नियम लागू हुने छैन । 

तालिबानका अधिकारीहरुले लामो यात्राका क्रममा पुरुष नातेदार नभए उनीहरुलाई यात्रा सुविधा नहुने जनाएको हो । 

तालिबानको 'सदाचार फैलाउने र नराम्रो रोक्नेवाला' मन्त्रालयले यसबारेमा जरुरी निर्देशन जारी गरेको हो । 

मन्त्रालयका  प्रवक्ता सादिक अकिफ मुहाजिरले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार अब ७२ किलोमिटर भन्दा टाँढा जाने महिलाले कुनै पुरुष नातेदा बिना यात्रा गर्न पाउने छैनन् । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार