एजेन्सी – इजरायलका उग्रदक्षिणपन्थी राजनीतिकर्मी नफ्ताली बेनेट र विपक्षी दलका नेता याइर लापिडले गठबन्धन सरकार बनाउने सहमति गरेका छन् । विगत १२ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई उनीहरूले हटाउने तयारी गरेका छन् । 

‘साथी याइर लापिडसँग मिलेर म राष्ट्रिय एकता सरकार गठनका सम्पूर्ण प्रक्रिया चाल्नेछु । हामी मिलेर देशलाई अव्यवस्थामा जान रोक्नेछौं,’ धार्मिक राष्ट्रवादी नेता बेनेटले टीभी सम्बोधन गर्दै बताए । 

थप सहमति गर्न बाँकी छ तैपनि बेनेटले इजरायलमा लामो समयदेखि शासन गरिरहेका नेतान्याहुलाई यसले ठूलो झड्का दिएको छ । राजनीतिक तिकडम गरेर तथा करीयरलाई ध्वस्त बनाउने प्रयासलाई निरस्त गरेर नेतान्याहु बाँचिरहेका छन् । 
 
बेनेटको भाषण सकिनेबित्तिकै नेतान्याहुले कडा आलोचना गरे । ‘उनले यस शताब्दीकै ठगी गरेका छन्,’ नेतान्याहुले बेनेटका बारेमा बताए । उनले दक्षिणपन्थी मतदाताहरूलाई परित्याग गरेको आरोप नेतान्याहुले लगाए । 

प्रस्तावित गठबन्धन सरकार इजरायलको सुरक्षा र भविष्यमा जोखिम भएको उनले बताए । 
 
बेनेट इजरायलले आधिपत्य जमाएको पश्चिम किनारालाई औपचारिक रूपमा इजरायलकै भूमि बनाउने इच्छा राखेका छन् । उनको विचारधारा लापिडसँग भन्दा नेतान्याहुसँग मिल्छ । लापिड पूर्व टीभी एंकर हुन् र धर्मनिरपेक्ष मध्यमवर्गमाझ लोकप्रिय छन् । बुधवारको डेडलाइनअघि सम्झौता गरिसक्न उनीहरू तयार भएका छन् । 

स्थानीय सञ्चारमाध्यमका अनुसार, प्रविधि क्षेत्रका करोडपति बेनेट यसअघि रक्षा र शिक्षा मन्त्रालय सम्हालेका थिए । उनी कार्यकालको पहिलो अवधि अर्थात् दुई वर्ष प्रधानमन्त्री बन्नेछन् भने लापिडले बाँकी दुई वर्ष कार्यकाल चलाउनेछन् । 
 
लापिडले अब दुई दिनभित्र अन्य दलहरूको विश्वास जित्न सके भने देशका राष्ट्रपति रोयभेन रिभलिनलाई जानकारी दिनेछन् । त्यसपछि उनी नेसेट भनिने संसदमा मतदानका लागि जानेछन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार