एजेन्सी- संयुक्त राज्य अमेरिकाको बेरोजगारी सहायताका लागि नयाँ दर्ता गत साता ह्वात्तै घटेकाे अमेरिकी श्रम मन्त्रालयले जनाएको छ ।
बिहीबार सार्वजनिक सरकारी तथ्यांकले यो वर्ष दोस्रो पटक सन् १९६९ देखि नदेखिएको स्तरमा बेरोजगारी दर घटेको बताएको हाे ।
गत हप्ता एक लाख ८४ नयाँ मौसमी समायोजन गरिएका दाबाहरू आशा गरेभन्दा धेरै कम र अघिल्लो हप्ताको स्तरभन्दा ४३ हजारले कमी रहेको उसले बताएको छ । यसले गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा छुट्टीको नजिकबाट नियालिएका तथ्याङ्कहरू सेप्टेम्बर ६, १९६९ को हप्तादेखि नदेखिएका स्तरमा पुगेको देखिएको छ । यो तीन हप्तामा दोस्रो पटक बेरोजगारी दर आधा शताब्दी पहिलेको उक्त वर्षभन्दा कम भएको छ ।
पैन्थियन म्याक्रोइकोनोमिक्सका इयान गोरसनले बेरोजगारी दरको पछिल्लो अवस्थालाई मूल्यांकन गर्दै आगामी हप्ता बेरोजगारी दरमा थप सुधार हुने सम्भावना रहेकाे बताउँछन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...