एजेन्सी । भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । सो भेरियन्ट भारत र बेलायतमा यसअघि भेटिएको भेरियन्टसँग मिल्दोजुल्दो छ ।

अधिकारीहरूले उक्त भेरियन्ट हावाबाट तीव्र रूपमा फैलन सक्ने जनाएका छन् ।

भियतनामका स्वास्थ्यमन्त्री गुयेन थान्ह लाङले शनिबार कोरोनाको उक्त भेरियन्ट धेरै खतरनाक रहेको बताएका छन् ।

भाइरसले आफ्नो रूप बदलीरहन्छन् । त्यसक्रममा नयाँ नयाँ भेरियन्टहरू देखा पर्दछन् । त्यसमध्ये धेरै भेरियन्ट बढी प्रभावी हुँदैनन् । तर केही भने बढी संक्रामक हुन्छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भियतनामका स्वास्थ्यमन्त्रीले सरकारको एक बैठकमा भनेका थिए( भियतनाममा कोरोना भाइरसको एक नयाँ भेरियन्ट भेटिएको छ । र, उक्त भेरियन्ट भारत तथा बेलायतमा भेटिएको भेरियन्टसँग मिल्दोजुल्दो छ ।


उनले भनेका छन्, नयाँ भेरियन्ट पहिलेको तुलनामा ज्यादा संक्रामक छ । यो हावामा तीव्र रूपमा फैलन्छ । नयाँ बिरामीको जाँचपछि यो भेरियन्ट पत्ता लागेको हो । यो भाइरसको जेनेटिक कोड छिटै उपलब्ध हुने छ । बीबीसीबाट

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार