नयाँ दिल्ली - भारतमा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन बढेकाे र यसका कारण अ‌ागामी वर्षकाे फेब्रुवरीसम्म तेस्राे लहर शुरू हुने विज्ञहरूले चेतावनी दिएका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नाेलाेजीका वैज्ञानिक महिन्द्र अग्रवालले अ‌ागामी फेब्रुवरीसम्म दैनिक काेभिड संक्रमितकाे संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।

'भारत सामान्य अवस्थामा फर्किरहेका बेला अ‌ाेमिक्राेनका बिरामी देखिनु ठूलाे धक्का हाे । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्राे लहरकाे जाेखिममा पर्नेछाैँ,' अग्रवालले भने । 

अ‌ाेमिक्राेन भेरयन्ट डेल्टाजस्ताे खतरा नभएकाे पनि उनले बताए । अ‌ाेमिक्राेन चाँडै सर्ने भए पनि जाेखिम भने कम भएकाे उनकाे भनाइ छ । 

त्यस्तै, भारतीय मेडिकल एसाेसियसन (आईएमए)ले नयाँ भेरियन्टसँगै भारतमा तेस्राे लहर अ‌ाउने चेतावनी दिएकाे छ । तर, दाेस्राे लहर जस्ताे तेस्राे लहर घातक नहुने आईएमएले जनाएकाे छ । 

भारतमा २१ जनामा अ‌ाेमिक्राेन भेरियन्ट देखिएकाे छ । राजस्थानमा नाै, महाराष्ट्रमा अ‍ाठ, कर्नाटकमा दुई जनामा, गुजरात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे हाे । दक्षिण काेरियाबाट अ‌ाएका र उनीहरूकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे हाे ।  

अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्राेन देखिएकाे छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार