काठमाडौँ- विश्वका एक सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । 

समाचार संस्था बीबीसीले वर्ष २०२१ का सबैभन्दा प्रेरक र प्रभावशाली १०० महिलाको सूची जारी गरेको हो । 

सूचीमा विश्वभरमा समाज र संस्कृतिलाई नयाँ सिराबाट बदल्न भूमिका निभाएका महिलाहरु अटाएको बीबीसीले जनाएको छ । 

यस वर्ष सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार विजेता मलाला युसुफजइ, सामोआकी पहिलो महिला प्रधानमन्त्री फियामे नाओमी माताफा, भ्याक्सिन कन्फिडेन्ट प्रोजेक्ट की प्रमुख प्रोफेसर हेयडी जे लर्सन र चर्चित लेखिका चिमामान्डा नगोजी अडिची रहेका छन् । 

सूचीमा धेरै जसो अफगानिस्तानका महिलाहरु अटाएका छन् । यसमध्ये केहीको वास्तविक नाम सुरक्षा लगायतका कारणले आफूहरुले प्रकाशन गर्न नसकेको बीबीसीले जनाएको छ ।

भारतका दुई र चीनका दुई जना पनि सूचीमा अटाएका छन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार