एजेन्सी - पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा रोक लगाएको विवरणहरू सार्वजनिक भएका छन् । आफू सामान्यतया विदेश भ्रमण नगरेको र अन्य मन्त्रीहरूलाई पनि आफ्नो अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएको विवरणहरूमा जनाइएको छ । 

सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देशको जल्दोबल्दो समस्या समाधान गर्नुपर्ने उनको भनाई छ । सामान्य गोष्ठी वा सम्मेलनको बहानामा सकभर मन्त्रीले विदेश भ्रमण गर्न नहुने उनको सुझाव छ । 'हाम्रा लागि विदेश भ्रमणभन्दा सरकारी काम पहिलो प्रथमिकता हो', खानले भनेका छन् । 

यसैबीच, कोभिड संक्रमणको नयाँ भाइरस ओमिक्रोनको त्रास बढिरहेका बेला खोपसम्बन्धी नयाँ योजना घोषणाा गरेको छ । सरकारले स्वास्थ्यकर्मी र ५० वर्षमाथिका मानिसहरूलाइ बुस्टर डोज दिने भएको छ । 

  

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार