काठमाडौँ - अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले अफगानिस्तानबाट पलायन भएका अफगानी नागरिकलाई स्वदेश फर्कन आह्वान गरेका छन् ।
तालीवानी विद्रोहीले सत्ता हत्याएपछि छिमेकी देश ताजकिस्तान पलायन भएका पूर्वराष्ट्रपति कारजाईले तालीवानीहरू आफनो दाजुभाइ सरह भएको भन्दै उनीहरूसँग मिलेर अफगानिस्तानको जनजीवन सामान्य बनाउन अपिल गरेका हुन् ।
‘तालिबानहरु हाम्रा दाजुभाइ सरह हुन्,’ बीबीसीसँगको साक्षात्कारमा उनले भने, ‘हामी मिलेर देशको जनजीवन सामान्य बनाउनुपर्छ ।’
पूर्वराष्ट्रपति कारजाईले तालीवानीहरूले महिलाको शिक्षा नितीमा ल्याएको परिवर्तनको प्रशंसासमेत गरे । आफू पनि स्वदेश फर्केर तालिबानीहरूसँग मिलेर काम गर्ने इच्छा भएको भन्दै उनले चाँडै स्वदेश फर्कने संकेत गरे ।
साथै उनले अमेरिकालाई अफगानिस्तानको हितको लागि काम गर्न अपिलसमेत गरे । यद्यपि उनले आफू कहिले स्वदेश फर्कने भन्नेबारे केही खुलासा गरेनन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...