लण्डन - कोरोनाको नयाँ भेरियन्ट 'ओमिक्रोन' भेटिएपछि बेलायतमा सरकारले पसल तथा सार्वजनिक यातायातमा मास्क अनिवार्य गरेको छ ।

स्वास्थ्यमन्त्री साजिद जावेदले नयाँ ओमिक्रोन भेरियन्टको खतरा बढ्दै गएपछि  मंगलबारदेखि बेलायतका पसल र सार्वजनिक यातायातमा जाँदा फेस मास्क प्रयोग गर्नु पर्ने घोषणा गरेका छन् । 

यसअघि  प्रधानमन्त्री बोरिस जोनसनले विदेशबाट आउने सबैको पीसीआर परीक्षण गर्नुपर्ने घोषणा पनि गरेका थिए । बेलायतले १० नयाँ रेडलिस्टमा परेका देशहरूबाट आउनेलाई १० दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने नियम लागु गरेको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि सरकारले अफ्रिकाका केही देशबाट उडान रोक्ने निर्णयसमेत गरेको छ । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार