काठमाडाैँ - अन्तर्राष्ट्रिय क्रिकेटमा चर्चित नाम हो, जसप्रित बुमराह । उनको बाल्यकालको नाम जसप्रित जसवीर सिंह बुमराह हो । ६ डिसेम्बर १९९३ मा अहमदाबादमा उनको जन्म भएको थियो । बुमराहको बाल्यकाल त्यति सरल रहेन ।
उनी सात वर्षको हुँदा उनका बुवा जसवीर सिंहको निधन भयो । बुमराहका हजुरबुबा सन्तोख सिंह कुनै समय गुजरातको एक प्रतिष्ठित व्यपारी थिए । उनी महँगो कार र हवाइजहाजमा यात्रा गर्थे । उनका अहमदाबादमा तीन कारखाना थिए, जेके इन्डस्ट्रिज, जेके मेसिनरी इकोमेन्ट प्रालि र जेके इकोमेन्ट ।
यसबाहेक उनका दुई बहिनीहरू गुरु नानक इन्जिनियरिङ वर्क्स र अजित फेब्रिकेटर पनि थिए । बुमराहका बुबा जसवीरले सबै व्यवसाय सम्हाल्ने गर्थे । सन् २००१ मा जसप्रित बुमराहका बुबाको बिमारीका कारण मृत्यु भएपछि सन्तोष सिंहको परिवारमा ठूलो बज्रपात आइपर्यो । र, छोराको मृत्युलाई सहन नसकेर उनी बिग्रिए र कारखानाहरू पनि आर्थिक संकटले घेरिए ।
त्यसपछि सन्तोख उत्तराखण्डको उधम सिंह नगर जिल्लामा बस्दै आएका थिए । त्यहाँ उनी अटो चलाएर आफ्नो जीविकोपार्जन गर्थे र त्यहाँ भाडाको घरमा बस्थे । बुमराहकी आमा पारिवारिक समस्याका कारण घरबाट अलग भइन् । र उनको हेरचाह आमाले नै गरिन् ।
डिसेम्बर २०१७ मा बुमराहका हजुरबुबा सन्तोखको शव अहमदावादमा भेटिएको थियो । प्रहरीका अनुसार साबरमती नदीको गान्धी पुल र दधिची पुलकोबीचमा सन्तोख सिंहको शव फेला परेको थियो । ८४ वर्षीय सन्तोख सिंह बुमराहकालाई भेट्न उत्तराखण्डबाट अहमदाबाद आएका थिए । त्यति बेला उनी आफ्नी छोरी र जसप्रीतकी काकी रविन्द्र कौरको घरमा बस्थे ।
रविन्द्र कौरका अनुसार बुमराहकाकी आमाले छोरालाई हजुरबुबासँग भेट्न दिइनन् । सन्तोख र बुमराहकी आमाबीच मनमुटाव भएको कारणले उनले नातीलाई भेट्न पाएनन् । बुमराहका हजुरबुबाको शव भेटिएको बेला बुमराह धर्मशालामा भारतीय टीमका लागि खेल खेलिरहेका थिए । बुमराह एक भारतीय फास्ट मिडियम बलर हुन् ।
बुमराहको क्रिकेट करियर
बुमराह अहमदाबादको निर्माण हाइ स्कूलमा अध्ययन गरेका थिए । जहाँ, उनकी आमा प्रिन्सिपल थिइन् । बुमराहको खेल जीवन १२ वर्षअघि सुरू भएको थियो । एक गर्मीको दिउँसो १२ वर्षीय बुमराह घरमा बलिङको अभ्यास गर्दै थिए ।
उनकी आमाले भनिन्, ‘घरभित्र क्रिकेट खेल्न चाहना छ भने आवाज नआउने गरी खेल ।’ यसपछि बुमराहले भुइँ र भित्ताको तल्लो भाग मिल्ने ठाउँमा बलिङ गर्न थाले । आवाज पनि कम हुन्थ्यो । बुमराहले यसरी योर्कर बल गर्न सिके ।
स्कुल र साथीभाइसँग क्रिकेट खेल्थे । उनी यसमा करियर बनाउन चाहँदैनथे । उनी आफ्नो परिवारसँग क्यानडामा बस्न चाहन्थे । तर, १४ वर्षको उमेरमा उनले आफ्नो जोश बुझे र क्रिकेटमा करियर बनाउने निर्णय गरे ।
बुमराहले अहमदाबादमा क्याम्पमा भाग लिन थाले । उनले आफ्नो बलिङ एक्सनले सबैलाई प्रभावित पारे । त्यसपछि उनी गुजरात क्रिकेट संघको समर क्याम्पमा छनोट भए । उनको बाल्यकालका प्रशिक्षक किशोर त्रिवेदी, गुजरातका मध्यम गतिका बलर सिद्धार्थका पिताले उनको प्रारम्भिक विकासमा प्रमुख भूमिका खेलेका थिए ।
जसप्रित बुमराहको एक्सन र लाइन एण्ड लम्बाइको साथ राम्रो गतिको निरन्तरताको चर्चा थियो । केही समय नबित्दै चयनकर्ताहरूले उनलाई गुजरात अन्डर १९ टोलीमा बोलाए । पञ्जाबविरुद्धको फाइनलमा बुमराहको उत्कृष्ट प्रदर्शनले गुजरातले उपाधि हात पार्यो ।
र उनी गुजरात र मुम्बई इन्डियन्सका लागि घरेलु रूपमा पनि खेल्छन् । बुमराहले ४ अप्रिल २०१३ मा मुम्बई इन्डियन्सका लागि रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध इन्डियन प्रिमियर लिग आईपीएलमा डेब्यू गरे । उक्त खेलमा उनले ३२ रन दिएर तीन विकेट हात पारे । बुमराहले २०१६ मा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।
जनवरी २०१६ मा मोहम्मद शामी घाइते भएपछि उनको स्थानमा बुमराहले अस्ट्रेलियाविरुद्धको शृंखलाका लागि भारतको ट्वान्टी-२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । घरेलु सर्किटमा बुमराहको प्रदर्शनले भारतीय छनोटकर्ताको नजर तान्यो ।
र, उनलाई सन् २०१६ को अष्ट्रेलियाको भारत भ्रमणमा उपयुक्त रूपमा बोलाइएको थियो । तर, बुमराह सिड्नीमा भएको पाँचौं ओडीआईसम्म खेल्न पाएनन् । आफ्नो डेब्यूमा, बुमराह स्टिभ स्मिथ र जेम्स फल्कनरलाई २र४० अंकका साथ छनोट गर्ने सबैभन्दा किफायती बलर थिए ।
वानडे र टी-२०मा निरन्तर स्थान बनाएपछि टेस्ट क्रिकेटमा स्थान बनाउन उनलाई सहज भयो । नोभेम्बर २०१७ मा दक्षिण अफ्रिका भ्रमणका लागि उनी टीममा छनोट भएका थिए । लामो प्रतीक्षापछि बुमराहले अन्ततः ६ जनवरी २०१८ मा न्युजिल्याण्डमा आफ्नो पहिलो टेस्ट क्याप जितेका थिए ।
उनले २०१८ र २०१९ को सुरू मा विदेशमा उत्कृष्ट प्रदर्शन गरे । डे टेस्ट २०१८र१९ मा भारतीय टोलीको अष्ट्रेलिया भ्रमणमा, बुमराहले टेस्टमा पाँच विकेट लिएका थिए । बुमराह अष्ट्रेलिया, इंग्ल्याण्ड र दक्षिण अफ्रिकामा पाँच विकेट लिने पहिलो एसियाली बलर समेत हुन् । उनको बलिङमा उत्कृष्ठ आंकडा ६/३३ हो ।
आफ्नो अन्तिम ओभरमा लगातार योर्कर बलिङ गर्ने क्षमताको कारण चाँडै नै उनी भारतीय टोलीको प्रमुख बलर बने र त्यसपछि पछि फर्केर हेर्नुपरेको छैन । अहिले बुमराह आफ्नी आमा र परिवारसँग अहमदाबादमा बस्छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...