एजेन्सी- भारतको मणिपुरमा विद्रोही समूहले थापेको धरापमा परी भारतीय सेनाका कर्णेलसहित सात जनाको मृत्यु भएको छ । 

चुराचन्दपुर जिल्लामा थापिएको धरापमा ४६ आसाम राइफल्सका कमाण्डिङ अफिसर विप्लव त्रिपाठी, अरु चार जना सैनिक र त्रिपाठीका श्रीमती र एक छोरासहित सात जनाको ज्यान गएको  भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । 

शनिबार बिहान फरवार्ड क्याम्प गएर फर्किने क्रममा त्रिपाठी चढेको गाडी १० बजेतिर चुराचन्दपुरको धरापमा परेको बताइएको छ ।

हालसम्म उक्त घटनाको कुनै समूहले जिम्मा लिएका छैनन्। तर, मणिपुरमा सक्रिय जनमुक्ति सेनाले धराप थापेको हुन सक्ने आकलन गरिएको छ ।

(एजेन्सीहरुको सहयोगमा)

 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार