एजेन्सी- फिलिपिन्समा राष्ट्रपतिकी छोरीले उपराष्ट्रपति पदका लागि प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
बहिर्गमनको चरणमा रहेका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टेले उपराष्ट्रपतिमा प्रतिस्पर्धा गर्ने भएकी हुन् ।
निर्वाचन आयोगको अनुसार देशको प्रभावशाली लकास सि एम डी पार्टीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।
निर्वाचन आयोगले आगामी मे महिनामा हुने निर्वाचनका लागि यही नोभेम्बर १५ सम्ममा उम्मेदवारी दर्ता गराउने समयावधि तोकेको छ ।
उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिश्पर्धा गर्ने तयारी गरेपनि मापदण्ड पुरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन्।
(एजेन्सीहरुको सहयोगमा)
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...