भारत- मध्य प्रदेशको भोपालको एक बाल अस्पतालमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।कमला नेहरू चिल्ड्रन्स अस्पतालमा सोमबार राति आगलागी हुँदा कम्तीमा चार बालबालिकाको मृत्यु भएको हो
मध्य प्रदेशका स्वास्थ्य शिक्षामन्त्री विश्वास सारंगले घटनाको पुष्टि गरेका छन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनाप्रति दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएका छन् ।
अस्पतालको तेस्रो तलाबाट आगलागी सुरु भएको थियो । मन्त्री सारंगले स्पेशल न्यूबर्न केयर युनिटमा भर्ती भएका चार शिशुको मृत्यु भएको बताए । उनले त्यहाँ रहेका ४० मध्ये ३६ शिशुको उद्धार गरिएको बताए ।
मृत्यु भएका शिशुका परिवारलाई जनही चार लाख रुपैयाँ राहत दिइने पनि उनले घोषणा गरेका छन् । राज्यका पूर्व मुख्यमन्त्री तथा विपक्षी दलका नेता कमलनाथले घटनाका जिम्मेबारहरूमाथि कारबाहीको माग गरेका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...