एजेन्सी- जापानले एशियाको ‘डि–कार्बोनाइजेशन’ गर्ने प्रयासमा सहयोगका लागि आगामी पाँच वर्षभित्र १० अरब अमेरिकी डलरसम्म दिने जनाएको छ ।

जापानका  प्रधानमन्त्री फुमिओ किसिदाले मंगलबार ग्लासगोको कोप–२६ शिखर सम्मेलनमा उक्त घोषणा गरेका हुन् । 
 उनले गत जूनमा घोषणा गरिएको पाँच वर्षको दौडान निजी र सरकारी वित्त पोषणमार्फत् प्रदान गरिएको ६० अर्ब डलरको अतिरिक्त जापानले आगामी पाँच वर्षमा  १० अर्ब अमेरिकी डलरसम्म उपलब्ध गराउने लक्ष्य राखेको बताए ।

उनले आफुहरु एशिया र समग्र विश्वको ‘डि–कार्बोनाइजेसन प्रयासमा अघि बढिरहेकको समेत बताए ।
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार