एजेन्सी- जि२० को सम्मेलन इटालीको रोममा आइतबार सम्पन्न भएको छ ।
सो सम्मेलनमा सहभागी विश्वका नेताहरुले कोभिड १९ महामारीले उत्पन्न गरेको परिस्थितिसँग मिलेर सामाना गर्नका लागि लाग्ने प्रतिबद्धता गरेका छन्।
उनीहरुले यस महामारीका कारण आर्थिक सामाजिक लगायतका धेरै क्षेत्रमा विभिन्न समस्याहरु उत्पन्न गरेकाले यसका विरुद्धमा सबै मिलेर लाग्नुपर्ने निष्कर्ष पनि निकालेका हुन् ।
कोभिडबाट उत्पन्न असहज परिस्थितको सामना गर्न, दिगो विकास कायम गर्न र अन्य चुनौतीहरुलाई मिलेर सामना गर्न विश्वका नेताहरु सहमत भएका हुन् ।
उनीहरुले कोभिड विरुद्धको खोपको समान वितरणमा पनि जोड दिएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...