एजेन्सी – संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम युनेपले विश्वमा ग्लोबल वार्मिङको समस्या बिकराल बन्दै गएको चेतावनी दिएको छ ।

उसका अनुसार कार्बन उत्पादन घटाउन देशहरुले तय गरेको लक्ष्यभन्दा हासिल गरिएको परिणाम ज्यादै न्यून छ । यही अवस्था रहिरने यो भने यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान बृद्धिदर १ दशमलव ५ प्रतिशतभन्दा तल राख्न सम्भव छैन ।

अहिलेको परिणामहरूलाई विश्लेषण गर्दा यो दर २ दशमलव ७ प्रतिशतभन्दा माथि पुग्ने उसको चेतावनी छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले तापमान दर उच्च रहेकाले ठोस कदम चाल्न विश्व एकजुट नभए भयावह स्थिति निम्तने बताएका छन् ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार