Author
अहिले सत्तासिनहरुले पर्यावरण सम्बन्धी सबै नियम र प्रावधान लत्याइरहेका बेला बहुगुनाको आवाज पर्यावरणको पक्षमा लड्ने सबैको लागि ठूलो हौसला हुने गर्छ ।
- जयश्री नन्दी तथा निरज सन्तोसी
१९७४मा अहिलेको उत्तराखण्डस्थित अलकानन्द नदीको माथिल्लो क्षेत्रमा राज्य सरकारले २५,००० रुख काट्ने टेन्डर दियो । आरावालहरु रुख काट्न रैनी गाउँमा आइपुगे । एउटी सानी केटीले यो देखिन् अनि गाउँलेलाई खबर गरिन् । त्यसपछि गाउँका महिलाहरु निस्किए, रुखलाई अंगालो मारे । र, आरावालहरुलाई रुख काट्न दिएनन् ।
यस अभियानको नेत्तृत्व स्थानिय गौरा देवि, सुदेसा देवि र बच्नी देविले गरेका थिए । धेरै दिनसम्म ति महिलाले रुख छोड्न मानेनन् । यही घटना नै चिप्को अभियानको शुरुवात थियो । चिप्कोको अर्थ हुन्छ ‘अंगालो हाल’ ।
बास्तवमा, त्यतिबेलाको यो चिप्को अभियान स्थानिय गान्धीबादी अभियन्ता बिमला बहुगुनाको थियो । यही शुक्रबार मृत्युभएका सुन्दरलाल बहुगुना उनकै श्रीमान हुन् । गाउँमै आश्रम बनाएर शान्त जीवन जिउने साझा उद्देश्यका साथ यि दुईले विवाह गरेका थिए । स्थानिय चिप्को अभियानलाई विश्वब्यापि बनाएको यो जोडी त्यही थातथलोमा सामान्य सात्विक जीवन बिताएका थिए ।
कोभिड–१९का कारण मृत्यु भएका बहुगुना ९४ वर्षका थिए । मे ८ मा कोभिड संक्रमित भएपछि उनलाई ऋषिकेशस्थित इन्डिया इन्सिट्युट अफ मेडिकल साइन्समा भर्ना गरिएको थियो ।
सुन्दरलाल बहुगुना तथा बिमला बहुगुना, फोटोः बिबिसी
भारतको वन संरक्षणमा बहुगुना र उनको चिप्को अभियानको विशेष भूमिका रहेको छ । रुख काट्न नदिनको लागि उत्तरा खण्डको बिभिन्न भागमा उनले चिप्को अभियान विस्तार गरेका थिए । फलस्वरुप, तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धी उक्त राज्यमा १५ वर्षसम्म रुख काट्न नपाउने प्रावधान पारित गर्न बाध्य भएकी थिइन् ।
भारतिय प्रधानमन्त्री मोदी लगायत अन्य धेरै पर्यावरणविदले बहुगुनाप्रति श्रद्धाञ्जली दिएका छन् । उनले भनेका छन्, ‘उनले अदिम कालदेखि प्रकृतिसँगको समन्वयनमा बस्ने हाम्रो जीवन पद्धतिको अनुसरण गरेका छन् । उनको सादकी र मिलनसारिता हामी कहिल्यै बिर्सने छैनौ ।’
बहुगुना सन् १९२७ मा तेहरीमा जन्मिएका थिए, कलिलैमा उनी सामाजिक अभियन्ता थिए । त्यसपछि गान्धीबाट प्रभावित हुँदै राष्ट्रवादी तथा स्वतन्त्रता संग्रामी भएका थिए । उनी त्यो पहाडी क्षेत्रका संरक्षक थिए, उनी अविरल हज्जारौ किलोमिटर यात्रा गर्ने गर्थे ।
उद्यपि उनलाई चिनाउने अभियान भनेकै चिप्को हो । जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यान खिचेको थियो । इतिहासकार रामचन्द्र गुवा तथा माधव गड्गिलले द युज एण्ड एब्युज अफ नेचरमा लेखेका छन्, ‘जब सरकारले खेलकुदका सामाग्रीको सप्लाई गर्ने कम्पनी साइमण्डलाई अलकानन्द भ्यालीमा हर्नबिमको जंगल काट्ने टेण्डर दियो, यसैको विरोधमा स्वस्फूर्त उठेको अभियान थियो चिप्को अभियान । यसको केही महिना पहिला गान्धीवादी सहकारी परियोजनाको लागि दसौली ग्राम स्वराज्य संघलाई त्यही जंगलको काठ काट्न वन विभागले अनुमती दिएको थिएन ।’
प्रष्ट देखिएको यही स्वार्थी प्रवृतिका कारण स्थानियहरुले रुखलाई अंगालो हाल्दै साइमण्डका एजेन्टहरुलाई रुख काट्न दिएनन् । तर यस अभियानको मूल चुरो भनेको १९७२मा उत्तराखण्डको उत्तरी क्षेत्रमा ब्यापारीहरुले जथाभावी जंगल मास्नु नै थियो ।
रैनी गाउँबाट यो अभियान अन्यतिर पनि फैलियो । अन्तपनि महिलाहरुले रुखलाई अंगालो हालेर काटिनबाट जोगाउन थाले । प्रधानमन्त्री इन्दिरा गान्धीलाई चिठ्ठी लेख्दै बहुगुनाले यो अभियानलाई राष्ट्रिय स्वरुप दिए । बाहुगुना सँगसँगै शेखर पाठक तथा चण्डी प्रसाद भट्ट जस्ता अन्य अभियन्ताले जंगल र स्थानियको जिविकोपार्जनको संरक्षणको लागि यो अभियानलाई राज्यभरी फैल्याए ।
‘उनी पहाडका बासिन्दाको भावना बुझेर तिनलाई सम्झाउन–बुझाउन सक्थे । उनी तिनका पिरमार्का राम्ररी बुझ्थे । उनको यस क्षेत्रप्रतिको लगाब अरु कसैसँग तुलना हुन सक्दैन’ पाठकले भनेका छन् ।
बालबालिकासँग सुन्दरलाल बहुगुना, फोटोः इन्डियन एक्सप्रेस
जलश्रोत संरक्षणकर्मी तथा तरुण भारत संघका संस्थापक राजेन्द्र सिंह भन्छन्, बहुगुनाले रैनी गाउँमा गौरा देवि लगायतका महिलाले सुरु गरेको चिप्को अभियानलाई विश्वमा परिचित गराए । चिप्को अभियानको विषयमा बाडयाग्राका एक किसानले भनेको कुरा गुहाले उल्लेख गरेका छन्, ‘हामी हाम्रो खेतबारीबाट एकदमै कम खाद्यान्न उत्पादन गर्छौ । यही खाद्यान्न पकाउन पनि हामीलाई दाउराको अभाव हुन्छ भने त हाम्रो लागि यो अभियान अपरिहार्य छ ।’
यतिमात्र होइन, बहुगुनाले तेहरी बाँध निर्माण विरुद्ध ७५ दिन भोक अनसन बसेका थिए । यसलै धेरै हदसम्म प्रशासनलाई आवास्त पनि पारेको थियो । तिनले बाँधको उचाइ घटाएका थिए । तत्कालिन प्रधानमन्त्री एच डि देवे गौडाको आग्रहमा बहुगुनाले अनसन त्यागेका थिए ।
बहुगुनालाई सम्झदै पिपल्स साइन्स इन्सिट्युटका निर्देशक रवि चोपराले भन्छन्, ‘अहिले सत्तासिनहरुले पर्यावरण सम्बन्धी सबै नियम र प्रावधान लत्याइरहेका बेला बहुगुनाको आवाज पर्यावरणको पक्षमा लड्ने सबैको लागि ठूलो हौसला हुने गर्छ । उनको मृत्युले पर्यावरणीय लडाईंमा एउटा क्षति पुगेको छ ।’ बहुगुनाको अनवरत त्याग र लगावले धेरैलाई प्रभावित पारेको छ । धेरैले उनको मार्ग पछ्याएका छन् ।
‘मेरो जीवनदृष्टि बहुगुनाकै विचारमा आधारित छ । म ६० को दशकदेखि नै उनीसँगै काम गर्दै आएको छु । १९७४मा मैले आसाकोट देखि आराकोटसम्मको पदयात्रामा उनको साथ दिएको थिएँ । हामी धेरैलाई जीवन जिउने पद्धति उनले सिकाएका छन् । केही शब्दमा कसरी म उनको बारेमा भन्न सक्छु ? उनले एउटा लडाईं लड्ने दृणता हामीमा भरिदिएका छन् । र, त्यो दृणता हो हाम्रो जंगल बचाउने ।’ चिप्को अभियानका सदस्य एवं बिज बचाओ आन्दोलनका संथापक ६९ वर्षे विजय जरधारीले भनेका छन् ।
सुन्दरलाल बहुगुना, फोटोः इन्डिया टुडे
‘आज हामी पर्यावरणको बचाउको कुरा गर्छौ, बहुगुना जीले यो कुरा पुस्तौं पहिल्यै गर्नुभएको थियो’ अधिकारकर्मी तथा नर्मदा बचाउ आन्दोलनकी सदस्य मेधा पटकरले भनेकी छिन् । ‘चिप्को आन्दोलनले भारतका पर्यावरणविद्का पुस्ताहरुलाई नै उत्प्रेरित गरेको छ । चिप्कोलाई बुझ्नु भनेको रुखप्रतिको प्रेममात्र होइन, प्रकृति भनेको समाज, पर्यावरण तथा अर्थतन्त्रसँग सोझो सम्बन्ध भएको क्षेत्र पनि हो भन्ने बुझाउँछ । राज्यले पर्यावरणिय न्याय गर्दै सार्वजनिक हित र नागरिकप्रति जिम्मेबार बन्नुपर्छ भनेर पनि बताउँछ ।’ सेन्टर फर पोलिसी रिसर्चका कानुनी अनुसन्धानदाता कन्ची कोहलीले भनेका छन् ।
द हिन्दुस्तान टाइम्सबाट
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...