एजेन्सी – साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिनयतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको छ । सो बमबारीमा परी भएको क्षतिको बारेमा भने केही बताइएको छैन । तर पनि निरन्तर केही दिनयतादेखि त्यहाँ बमबारी भएको अधिकारीहरूले जनाएका छन् ।
मारिब यमनका विद्रोहीहरूको कब्जामा रहेको शहर हो । उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यसअघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगत रूपमा यहाँका विद्रोहीका बिरुद्धमा कारबाही गर्दै आएको यहाँका अधिकारीहरूले बताएका छन् ।
तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरूको कब्जामा रहेको छ । समयसमयमा यहाँको सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरूले नै कब्जा गर्ने गरेका छन् ।
उनीहरूको कब्जाबाट मुक्त गर्न नै शनिबारदेखि साउदी अरेबियाको सेनाले निरन्तर रूपमा बमबारी गरिरहेको बताइएको छ । यमनमा विगतका कैयाैँ वर्षदेखि विद्रोहीहरूले संघर्ष गर्ने गरेका छन् ।
उनीहरूले खासगरी तेलको धनी भएकाले यही शहरमा नै कब्जा जमाउने गरेका छन् । केही समयअघि सो शहरमा साउदी अरेबिया सरकारको सेनाले गरेको आक्रमणका क्रममा कैयौँ मानिस मारिएका थिए ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...