काठमाडाैँ - अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइबानमाथि दिएकाे बयानपछि चीनले उनलाई सम्हालिएर बाेल्न चेतावनी दिएकाे छ । 

ताइवानबारे कुनै किसिमको सम्झौता या छुटका लागि स्थान नरहेको बताउँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले नियमित पत्रकार सम्मेलनका क्रममा ताइवान चीनको हिस्सा रहेको उल्लेख गरे । 

उनले भने, ‘कुरा जब चीनको सम्प्रभुता र क्षेत्रीय एकता जस्ता प्रमुख हितका विषयको आउँछ तब कुनै किसिमको सम्झौता या छुटका लागि स्थान हुँदैन ।’ 

उनले कसैले पनि चिनियाँ सम्प्रभुता र एकता बचाउने आफूहरूको दृढ प्रतिबद्धता र बलियो क्षमतालाई कमजोर ठान्न नहुने चेतावनी दिए । 

हालैका हप्तामा चीन र ताइवानबीच तनाव बढ्दो क्रममा छ । चीनका लडाकू विमानले ताइवानको हवाई क्षेत्रमा अतिक्रमण गरेका थिए । 

पत्रकार सम्मेलनका क्रममा वेनबिनले भने, ‘ताइवान चीनको अविवादित अंग हो । ताइवानका मुद्दा पूर्ण रूपमा चीनको आन्तरिक विषय हुन् र यसमा कुनै किसिमको विदेशी हस्तक्षेप स्वीकार्य हुन सक्दैन ।’ 

उनले ताइवानबारे बोल्दा अमेरिकाले शब्द चयनका लागि सतर्क हुनुपर्ने बताए । अमेरिकी राष्ट्रपति बाइडेनले चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरक्षा गर्ने बताएका थिए । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार