एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने जनाएको छ ।
सङ्गठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने चेतावनी दिएका हुन् ।
विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नै महामारी नियन्त्रणको मुख्य चुनौती बनेको उनको तर्क छ । डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप पाएका छन् ।
जबकी अन्य महादेशमा यो संख्या कम्तिमा ४० प्रतिशत माथि छ । यसको अर्थ सन् २०२२ भर पनि विश्वमा कोरोना महामारी रहिरहने देखिएको छ । विश्वका सम्पन्न तथा खोप उत्पादनमा अगाडी रहेका मुलुकहरुले गरिब देशहरुमा खोपको आपुर्ति नबढाउने हो भने कोरोना भाइरसमाथि जीत हात पार्न नसकिने पनि डब्लुएचओको ठम्याई छ ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...