सामाजिक गतिविधिमा राेक लाउन अनुराेध
सामाजिक गतिविधिमा राेक लाउन अनुराेध
एजेन्सी - बेलायतमा पछिल्लो समय कोरोना भाइरसबाट मृत्यु हुनेकाे सङ्ख्या बढ्दै गएकाे छ ।
काेराेनाका कारण गत २४ घण्टा कम्तीमा २२३ जनाको मृत्यु भएकाे छ । याे मृत्युदर गत मार्च ९ पछिकै सबैभन्दा धेरै हो । सात महिनाअघि त्यस दिन बेलायतमा सङ्क्रमणबाट कम्तीमा पनि २३१ जनाको ज्यान गएको थियो ।
त्यस्तै, बेलायतमा काेराेना सङ्क्रमण दर पनि उच्च देखिएकाे छ । पछिल्लाे २४ घण्टामा बेलायतमा करिब ५० हजार काेराेना सङ्क्रमित भेटिएका छन् ।
बेलायतका स्वास्थ्य वैज्ञानिकहरूले हरेक दिन करिब ५० हजार सङ्क्रमित भेटिनु र मृत्युदर पनि हरेक दिन २०० भन्दा माथि हुनुलाई गम्भीर भएकाे बताउँदै सामाजिक क्रियाकलापहरूमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।
यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।
लेखकबाट थप...